Logo

को,रोनाले सता,इरहेको बेला के कलाकारको कर्तब्य हैन जनचेतना दिने ? कलाकार कहाँ हराए किन गायब र गुपचुप ? (भिडियो हेर्नुहोस)


मदि,राको विज्ञापन गर्न समुन्द्रपारको मुलुकमा पुगी, मोजमस्ती गर्दै सर्वत्र डंका पिट्न पछि पर्दैनन्, हाम्रा सेलिब्रेटी । तर, जब–जब समग्र राज्यका खातिर जागरण र जन–चेतना अभिवृद्धि गर्नुपर्ने अवस्था आइलाग्छ, गुपचुप भइदिन्छन् । जब–जब रचनात्मक साथ, सहयोग, समर्थन जुटाउनुपर्ने अवस्था आइलाग्छ, गायब भइदिन्छन् ।जन–जागरणका लागि सन्देश प्रवाह गर्नुपर्ने, कलो,बजारी बिरुद्ध खबरदारी गर्नुपर्ने, राज्यले नसकेको र नभ्याएको काममा हातेमालो गर्नुपर्ने अवस्थामा आफुलाई ‘राज्यको गहना’ भन्न रुचाउने हाम्रा सेलिब्रेटीहरु भने मा,दक माहौलमा रमाइरहेका होलान् ।

भया,नक स्वास्थ्य चुनौतीसँग जुध्नका लागि यतिबेला मुलुक रक्षात्मक अवस्थमा उभिएको छ । कमजोर चिकित्सा पद्धती र संयन्त्र भएको हाम्रो मुलुकलाई यो वैश्विक संकटको सामना गर्न सहज छैन । त्यसैले यो जोखिमबाट आफुलाई सग्लो राख्न राज्यले अनेक उपाय खोजिरहेका छन् । जन–चेतनाका लागि सन्देश प्रवाह गर्नेदेखि दैनिक उपभोग्य बस्तुको संभावित अभाव टार्न बलबुतोले भ्याएसम्मको प्रयास गरिरहेको छ । चिकित्सा सेवालाई सर्तक अवस्थामा राख्नेदेखि चिकित्सक, नर्सको मनोबल उच्चा राख्ने सम्मको शैली अपनाइरहेका छन् । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्