माग्ने बुढाको संघर्षको कथा रुदै सम्झिए “हिजो सडक पेटीमा टीका, नेलपोलिस, काइँयो बेच्दै हिँड्थे” तर आज (भिडियो हेर्नुहोस)
‘माग्ने बुढा’ अर्थात केदार घिमिरेसँग के छैन ? खुट्टा तन्काएर आरामसाथ बस्नका लागि काठमाडौंमा तीन तलाको घर छ । निर्धक्क सुबिस्तासँग हिँडडुल गर्न गाडी छ । लोभलाग्दो ख्याती छ । सुखी परिवार छ । सबैथोक छ । हिजो कहाँ त्यस्तो थियो ?उनीसँग दुःख र अभावको चाङ थियो । सडक पेटीमा टीका, नेलपोलिस, काइँयो बेच्दै हिँड्थे । कलंकीको त्यो सडक पेटी, जहाँ उनी गरिबीसँग साँझ–बिहान कुस्ती खेल्थे । धुलो र धुँवा सहँदै ग्राहक कुर्थे । तर, उनलाई त्यहाँ पनि सुबिस्तासँग गरिखान कसले दिने ?नगरप्रहरीले लखेट्यो ।
ऋणपान गरेर टेम्पो किने । काठमाडौंको सडक र गल्लीहरुमा ट्याम्पो कुदाए । तर, केही वर्ष नपुग्दै त्यस्तो ट्याम्पो हटाइने भयो ।एउटा सानो सटर लिएर विद्युतीय सामग्री बेच्न बसे । जेनतेन जीवन चलेकै थियो । तर, सडक बढाउने भन्दै सटर भत्काइयो । यसरी जे गरेपनि उनलाई लखेट्न छाडेन । त्यो भाग्यले लखेटेको थियो वा नियतीले ? उनी बुझ्न सक्दैनन् । बुझ्न के मात्र सक्छन् भने, त्यसरी नलखेटिएका भए माग्ने बुढा आज यो मोडसम्म आइपुग्ने थिएनन् । भिडियो हेर्नुहोस