मनकारी ३ दिदिबहिनीले गरे अनाथ आश्रमलाई सहयोग
अनाथ तथा असहाय बालबालिका र बृद्ध–बृद्धालाई साहारा दिँदै आईरहेको दिक्षा चापागाईँद्वारा सञ्चालित पवित्र समाज सेवा नेपाललाई तीन दिदिबहिनीले सहयोग गरेका छन् ।मुलुकमा लकडाउनका कारण सिर्जना भएको अप्ठ्यारो परिस्थितिलाई मध्येनजर गर्दै तिबतियन मनकारी महिलाहरु सेमो पाल्जोम रिपा, सेमो पाम गोल्डस्टेन र सेमो पद्मा लोटसले खाद्यन्न सामग्री स्वरुप सहयोग पठाएका हुन् । मनकारी तीन दिदिबहिनीले पठाएको सहयोगबाट किनिएको दाल, चामल, नुन, तेल लगाएतका खाद्यन्न बुधबार बुढानिलकण्ठ स्थित आश्रममा दीक्षा चापागाईलाई उपलब्ध गराईएको छ ।
सहयोग ग्रहण गर्दै पवित्र समाज सेवा नेपालकी सञ्चालिका दिक्षा चापागाईँले सहयोग प्रदान गर्ने तिबतियन महिलाप्रति धन्यवाद प्रकट गरेकी छन् । उनले कोरोना महामारीको दुःखदायी समयमा गाँस कटाएर आफ्नो संस्थाप्रति सहयोग गरेको भन्दै उपलब्ध सहयोगलाई ठूलो र महत्वपूर्ण रुपमा लिएको बताएकी छन् ।