सुशान्तसँगको ब्रेकअपको ४ वर्षसम्म पनि अंकिताले हटाइन्न आफ्नो घरको नेमप्लेट,अंकिताले साचो माया गर्थिन (भिडियो हेर्नुहोस)
सुशान्त कलाकार अंकिता लोखंडेसँग लामो समयदेखि प्रेम सम्बन्धमा थिए। उनले नेशनल टेलिभिजनमा सबैका सामुन्ने अंकितालाई प्रपोज गरेका थिए। यी दुवै कुनै समय टेलिश्रृखंला ‘पवित्र रिश्ता’मा मानव र अर्चनाको भूमिका निभाउने कलाकार थिए। यहीँबाट प्रेम सुरु भएको थियो। ६ वर्षसम्म दुबैबीच सम्बन्ध राम्रै चल्यो। अनि ब्रेकअप भयो। ३४ वर्षका सुशान्तले सन् २०१४ मा ‘काइ पो चे’ चलचित्रबाट बलिउडमा डेब्यू गरेका हुन्। सुशान्त त्यसपछि अंकितासँग टाढा भएका थिए। चलचित्रमा काम गर्न थालेपछि सुशान्तले अंकितालाई समय दिन छोडेका थिए।
एक पछि अर्को चलचित्रमा काम गर्दै गएपछि सुशाान्तले अंकितासँग ब्रेकअप गरेका थिए। ब्रेकअपपछि अंकिताको हालत निकै खराब भएको थियो। यस हालतबाट बाहिर निस्कन उनलाई लामो समय लागेको थियो। अंकिता ब्रेकअप पछि बाहिरी दुनियाँ तथा अभिनय छोडेर एक्ली भएकी थिइन्। अंकिताले एक व्यापारीसँग इन्गेन्मेन्ट गरेको तस्विर बाहिरिए पनि उनले आफ्नो घरबाट नम्बर प्लेट हटाएकी छैनन् । भिडियो हेर्नुहोस