पुजा शर्माले नेपालमा १४ जिल्ला,७२ वटा प्रदेश र कुनै पनि मन्त्रीको नाम भन्न नजाने पछी यस्तो सम्म भयो (भिडियो हेर्नुस्)
कलाकार पूजा शर्मा ट्रोलको शिकार बनेकी छिन् । नेपालमा कति जिल्ला छन् भन्ने समेत भन्न नसकेपछि उनको चौतर्फी विरोध भएको छ ।प्राइम टाइम्सको भिडियो अन्तर्वार्तामा पत्रकार प्रकाश सुवेदीलाई दिएको अन्तर्वार्तामा पूजाले नेपालमा १४ जिल्ला भएको बताएकी थिइन् । उनलाई पत्रकार सुवेदीले सोधेका थिए – नेपालमा यतिखेर कतिवटा प्रदेश छन् ? यसको जवाफमा कलाकार पूजा शर्माले ७२ वटा भएको भन्दै अकमकाएकी थिइन् । यो प्रश्नको उत्तर दिन नसकेपछि उनलाई सुवेदीले नेपालमा कतिवटा जिल्ला छन् भनेर प्रश्न सोधेका थिए ।पूजाले नेपालमा १४ वटा जिल्ला भएको उत्तर दिएकी थिइन् ।
यो भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ भने नेपाली कलाकारको अज्ञानतामाथि पनि प्रश्न उठाइएको छ । युट्युब च्यानलमा अपलोड गरिएको उक्त भिडियो हटाइएको छ । भिडियो किन हटाइयो भन्ने खुलाइएको छैन । अन्तर्वार्ता दिन पुगेकी पूजासँग प्रकाश सुवेदीले लामो समय कुरा गरेका थिए । कुराकानीका सिलसिलामा पत्रकार सुवेदीले एकछिन बाहिरी कुरा गरौं न भन्दै राजनीतिक नेताहरुका बारेमा सोध्छन् । उनले नेपालका अर्थमन्त्रीको नाम सोध्छन् । पूजाले उत्तर दिन नसकेपछि पूर्वसञ्चारमन्त्रीको नाम सोध्छन् । सुवेदीको प्रश्नको उत्तरमा पूजाले आफूलाई थाहा नभएको प्रतिक्रिया दिन्छिन् । भिडियो हेर्नुस्