Logo

लैङ्गिक समानताका लागि मदरल्याण्ड नेपाल


कपिल काफ्ले – स्थापनाकालसँगै चर्चित बनेको लैङ्गिक समानतापत्रकारिता पुरस्कार २०७४ को घोषणा भइसकेको छ । पत्रकारिताको माध्यमबाट लैङ्गिक समानताकायमगर्न योगदानदिने पत्रकारलाई प्रोत्साहनगर्ने उद्देश्यले मदरल्याण्ड नेपालले स्थापना गरेको यस पुरस्कारको सञ्चालन१५ हजार पत्रकारको अभिभावक संस्था नेपालपत्रकार महासंघले गर्दैआएको छ । यही मे ३ तारिक विश्व प्रेस स्वतन्त्रतादिवसकादिन यस वर्षको पुरस्कार वितरण गरिंदैछ ।
लैङ्गिक समानतातथा सामाजिक सहभागिता (जेसी) अवधारणालाई आत्मसात् गरेर सहभागितामूलकलोकतान्त्रिकअभ्यासलाई प्रवद्र्धन गर्न पत्रकारिताको उल्लेख्य योगदान रहने सत्यलाई यस पुरस्कारले स्वीकार गरेको छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा गएका बेला यस पुरस्कारको स्थापनाआफैमा ऐतिहासिक बनेको छ । किनभने परिवर्तनको सफलता सरकारले नीतिबनाएर मात्रहुन्नआमजनताले त्यसमा समाहितहुने तत्परता देखाउन सक्नुपर्छ । मदरल्याण्ड नेपालले यस पुरस्कारको स्थापना गरेर र पत्रकार महासंघले यसको व्यवस्थापनगरिदिएर लैङ्गिक समानताको अवधारणाका साथ नेपालको परिवर्तनलाई जनस्तरबाट सघाउने कार्यमा ऐक्यवद्धता जनाएका छन् ।
नेपालको संविधान २०७२ ले ‘जेसी’ अवधारणालाई आत्मसात् गरेको छ । कुनै एक धारामामात्रयसको प्रावधान राखेर केबल औपचारिकता पूरा गरिएको छैन, ठाउँ–ठाउँमा यसको उल्लेख छ–लैङ्गिक समानतातथा सामाजिक समावेसितालाई लोकतान्त्रिकअभ्यासको आधार बनाउने प्रयास भएको छ । यसरी हेर्दा सरकार वानीतिगत स्तरमाकामभएको छ, तर नागरिकले चाहिं यस अवधारको कार्यान्वयनकालागि के भूमिकानिर्वाह गरिहेका छन्–आत्ममूल्यांकनगर्नु आवश्यकभएको छ । लैङ्गिक समानताकापक्षमा केहीउल्लेख्य सफलताहरु पनि देखिन्छन् ।
छोरा–छोरीलाईविद्यालयमा पढ्न पठाउने कार्यमा नेपालीले साँच्चिकैप्रगति गरेका छन् । विगतको दशकलाई दाँजेर हेर्दा यसमा प्रष्ट प्रगतिभएको देखिन्छ । यस प्रकारको प्रगति कसरी सम्भव भयो भनेर हेर्दा सरकार र जनतादुवैको चाहना र योगदानले काम गरेको पाइन्छ । नीतिमात्रबनाएर नहुने रहेछ, राज्यको मात्रचाहनाले परिवर्तन हुनसक्ने रहेनछ भन्ने उदाहरण बनेको छ– छोराछोरीलाई पैत्रिक सम्पत्ति बराबर बाँड्नेविषय । छुवाछुतको अन्त्यपनि यस्तै तीतोअनुभवको सबालहो ।नागरिकको चेतनास्तर र तत्परताकानुनको आशयसम्मपुग्नसकेको छैन । प्रष्ट छ, हरेक नेपालीनागरिक परिवर्तनकालागितत्पर नभएसम्म सामाजिकविकासकाआयामहरु सफलहुनसक्तैनन् । त्यसैले, लैङ्गिक समानतामा पूर्ण सफलताचाहने होभने हरेक नागरिकले यसकालागिआ–आफ्नो क्षेत्रबाट योगदानदिनु आवश्यक छ– जस्तो, पछिल्लो उदाहरण लिनेहो भने सातमहिलापत्रकारले ज्यानको बाजीलगाउँदै सगरमाथाआरोहण थालेको प्रसंगलाई लिनसकिन्छ ।
सातमध्ये पाँचमहिलापत्रकार एक टोलीमा आवद्ध भएर आरोहण गर्दैछन् भने दुई पत्रकारले एक्लाएक्लै यात्रा अघिबढाएका छन् ।नेपालपत्रकार महासंघलाई प्रस्ताव–पत्र पेस गरेर महिलापत्रकार टोलीले आरोहण थालेको हो ।महासंघले पनिपत्रकार महिलालाई हार्दिक बिदाई गर्दै प्राविधकसहयोगपनिगर्यो । सगरमाथाआरोहणको इतिहास तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीले मे २९, १९५३ मालेख्न सुरु गरेपछि आजसम्महजारौंंले यो कामगरिसकेका छन्, तर महिलापत्रकार टोलीकै सराहनाकिनआवश्यकबन्यो भने, उनीहरुले लैङ्गिक समताकालागि यो कठिन यात्राप्रारम्भ गरेका छन् । नागरिक स्तरबाट लैङ्गिक समानताकालागि योगदानभएको छ ।
‘समताकालागिएकीकृत आवाज’नाराका साथथालिएको यस यात्राको लक्ष्यअनुसार यही वैशाखअन्त्यसम्ममा सफलआरोहणको खबर सुन्नसकिने छ । मे महिनाको पहिलो साता सगरमाथाआरोहण गर्ने महिलापत्रकारहरुको कार्यतालिका रहेको छ । प्रस्ताव–पत्रको पृष्ठभूमिमा भनिएको छ, मिडियाको काम समाजकालागिआवश्यक तर नसुनिएकाआवाज सुनाउनकालागिहो, लैङ्गिक समता र समानताको आवाज सुनिएको छैन, त्यसलाई सुनिने बनाउनकालागिउनीहरुले यो यात्रा सुरु गरेका हुन् ।
‘आइएएफजेले २०१५ मा गरेको सर्वेक्षणले एशियाप्यासिफिकमा केबल २४ प्रतिशतमात्रपत्रकार महिला रहेको देखाएको छ । यसरी हेर्दा चारमा एक महिलार तीनपुरुषपत्रकार छन् । नेपालमापत्रकार महिला निर्णायकतहमापुगेका छैनन् र जतिकामकाजीपत्रकार महिला छन् उनीहरु तलब सुविधाकाहिसाबले पनिविभेदमा छन् । कार्यस्थलमापत्रकार महिला यौनहिंसाको शिकार भएका छन् । महिलापत्रकारलाई प्रोत्साहितहुनेगरी मिडिया हाउसहरुमाकामगर्ने वातावरण तयार भएको छैन । हजारौं नेपाली सम्पादकहरुको भीडमा केबल ९७महिला सम्पादक छन् । जाति, धर्म, रंग, वर्ण र सम्प्रदायभन्दामाथि उठेर हामीपाँचमहिलापत्रकार लैङ्गिक समता र समानताको आवाज घन्काउन सगरमाथाआरोहण गर्दैछौं’ प्रस्ताव–पत्रमापत्रकार महिला टोलीले उल्लेख गरेको छ ।
६ करोड वर्ष पुरानो मानिएको ८ हजार ८ सय ४८ मिटर उचाइको सगरमाथाआरोहण जोखिममोलेर सफलताहासिलगर्ने प्रयोजनले महत्वपूर्ण छ । १३ वर्षकाबालकदेखि ७६ वर्षका वयस्कसम्मले आरोहण गरेको सगरमाथाको थाप्लोमाआजसम्म ४ हजारभन्दा बढी आरोहीले टेकिसकेको गुगलविवरण छ । आपा शेर्पाजस्ता २१ पटक आरोहण गर्ने बहादुर, जुनको ताबेई नामकीप्रथममहिलाआरोही, पासाङ लामु शेर्पा प्रथम नेपालीमहिलाआरोही, आङ छिरिङ शेर्पा पहिलो नेपालीपत्रकार, शैली बस्नेतप्रथम नेपालीमहिलापत्रकारआदि सगरमाथाआरोहणसँग सम्बन्धित सयौं रेकर्डहरु फेला पर्दछन् । तर, महिलापत्रकार सगरमाथाआरोहण टोलीभने यसै पटक मात्रहो ।
मोरङकीरोशा बस्नेत, वर्ष २९, आवद्धता राष्ट्रिय समाचार समितिमा सम्पादक, काठमाडौंकीप्रियालक्ष्मीकार्की, उमेर २७, आवद्धता न्यूजट्वेण्टीफोर टेलिभिजन, ललितपुरकीकल्पनामहर्जन, उमेर ३३, आवद्धता मेघा टेलिभिजन, काठमाडौंकै रोजिता बुद्धाचार्य, उमेर २६, आवद्धता एफएम रेडियोतथा नेपाल टेलिभिजन र पाँचथरकीदेउरालीचाम्लिङ, उमेर ३५, आवद्धता ब्लास्ट दैनिक, धरान टाइम्स र स्वतन्त्रपत्रकारिता गरी पाँच सदस्यीय टोलीलैङ्गिक समानताको नारा घनीभूत बनाउने अभियानमालागेको छ ।उनीहरुको प्रस्ताव–पत्रमाभनिएको छ, ‘महिलाहरु दबाबमाकामगर्न, जोखिममोल्न, हिम्मतिलाकामगर्न र आँट देखाउन सक्तैनन् भन्ने मान्यतालाई परास्तगर्न हामी सगरमाथाआरोहण गर्दैछौं ।’महिलालाई ‘तिमी सक्तिनौं’को अबधारणाबाट ‘तिमी सक्छ्यौं’ को अवधारणामा ल्याउनु भिजन र ‘हामी समान छौं, हामीसक्षम छौं’ लाई मिसनबनाएर अघिबढेको यस टोली र अन्यदुई पत्रकार महिला डोमा शेर्पा र पूर्णिमाश्रेष्ठ जो समान उद्देश्यका साथ सगरमाथायात्रामा छन्, नेपालपत्रकार महासंघले उनीहरुसबैलाई लैङ्गिक समानतापत्रकारिता पुरस्कार २०७४प्रदानगर्ने घोषणा गरेको छ ।
अमेरिकामाक्रियाशीलमदरल्याण्ड नेपालनामक संस्थाकालागित्यसका संस्थापकअध्यक्षअनिल पाण्डेले १० लाख रुपियाँको अक्षय कोष नेपालपत्रकार महासंघमा जम्मा गरी यस पुरस्कारको स्थापनागर्नुभएको हो । विगत डेढ दशकदेखि नेपालीपत्रकारिता र पत्रकारका लागिमदरल्याण्ड नेपालले आर्थिक सहयोग जुटाउँदै आएको सन्दर्भमा २०७३ सालमा यो अक्षय कोष खडा गरेको हो । पहिलो वर्ष चर्चित पत्रकारद्वय धीरेन्द्र प्रेमर्षी र वविता बस्नेत यस पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो भने यस पटक सातमहिलापत्रकार पुरस्कृत हुनुभएको छ । लैङ्गिक समानताकालागि योगदानदिनेगरी कलमचलाउने एक महिला र एक पुरुषपत्रकारलाई वार्षिक रुपमाप्रदानगरिने यो पुरस्कार यस पटक विशेष अवस्थाका कारण सातमहिलापत्रकारलाई प्रदानगरिएको हो । निर्णायक मण्डलमा रहेको एक सदस्यका हैसियतले यो पक्तिकार पनिपुरस्कारका लागिउपयुक्तपात्रहरुको छनोट गर्न पाएर प्रसन्न छ ।
निष्कर्षमा, लैङ्गिक समानताको अवधारणा सफलपार्ने हो भने यसरी नै नागरिक स्तरबाट पनि योगदान दिनुपर्छ भन्ने यस आलेखको आशयहो । मदरल्याण्ड नेपालकाअनिल पाण्डे हुन् वा सगरमाथाआरोही सातपत्रकार महिलावापत्रकार महासंघजस्ता संस्थाहरु, सबैले आ–आफ्नो तर्फबाट भूमिका खेल्नैपर्छ । संविधानमा छ, कानुनमा लेखियो र अन्तर्राष्ट्रिय महासन्धिहरुमा हस्ताक्षर गरियो भनेर मात्रलक्ष्यहासिलहुन्न, पुरस्कृत गर्ने अभ्यासले पनि लैङ्गिक समानताको अभियानलाई सघाउने छ ।

 

प्रतिक्रिया दिनुहोस्