Logo

यसरी फुस्कियो केपी ओलीको राष्ट्रियताको धोती


टिप्पणी

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि शुक्रबार नेपाल आउँदैछन् । उनको पहिलो गन्तव्य जनकपुरबाट हुदैंछ । मोदीको भ्रमणसँगै नेपालमा दलहरुले र खासगरि एमाले अध्यक्षका हैसियतमा वर्तमान प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताका बारेको अडानमा व्यापक बहस शुरु भएको छ । यो बहसमा प्राज्ञिक समाजदेखि बुद्धिजिवि, विद्यार्थी, राजनीतिक समुह र सामाजिक संजालमा सर्वसाधारण आएका छन् । अहिलेको बहसमा प्राय सबै टिप्पणीकर्ताहरु एमाले र सो दलका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली विरुद्ध खनिएका छन् । सामाजिक संजाल र मिडिया ओगटने एमाले अहिले भने यो बहसमा रक्षात्मक मात्र होईन निम्छरो अवस्थामा छ । किनकी एमालेले जे थियो, जे बोल्यो र जे गर्दैछ भन्ने कुराले सबैलाई आठौं आश्चर्यको झल्को दिएको छ ।

खासमा राष्ट्रियता कसैको पेवा हुन सक्दैन । यो कसैको क्षणिक नारा पनि हुन सक्दैन । राष्ट्रियता कुनै एक पक्षले अर्को पक्षलाई दुत्कार्न तथा भोट माग्ने थैलाको मुख ठूलो पार्ने सयन्त्र पनि होइन । बरु, हाम्रो जस्तो जटिल र संवेदनशिल भुराजनीतिक अवस्थिती भएको मुलुकमा राष्ट्रियता सबैको साझा मत, बृहत, जनस्तरको मजबुत एकता र परिपक्कतासहितको स्थिर आवाज हुनुपर्ने हो ।

मोदी नेपाल भ्रमणमा आउने प्रसंगसँगै राष्ट्रियताको बहस फेरि एक पटक सतहमा आएको छ । यो बहस जर्वजस्त सतहमा आउनुका पछाडि केही कारणहरु छन् । किनकी केपी ओलीको सरकारले जसरी भारत परस्त काम गरिरहेको खबर मिडियामा सार्वजनिक भैरहेका छन् त्यस्ता गतिविधिले हामी सबैलाई निर्लज्ज बनाएको छ ।

नाकाबन्दीका कारण देश थलिएका बेला केपी ओली प्रधानमन्त्री हुँदा जे जस्ता अभिव्यक्ति दिए ती अभिव्यक्तिले प्रायः सबैलाई आत्मबल बढायो र हामी राष्ट्रियताका सबालमा एकमत छौं भन्ने सन्देश गयो । स्थानिय, प्रदेश र संघिय चुनावमा एमाले र सो दलका नेताले जे जसरी प्रचार गरे उनीहरुले आफु बाहेक कोही कसैलाई पनि राष्ट्रियताको पक्षमा भएको ठानेनन् र राष्ट्रवादीको पगरी आफुले मात्र गुमे ।
यसभन्दा अघि शेरबहादुर देउवा नेत्तृवमा नेपाली कांग्रेसको सरकार हुँदा जसरी ओली स्वयंले लम्पसारवादको विशेषण दिए र त्यो भन्दा तल्लो स्तरले अहिले मोदीको भ्रमणको तयारी हुदैंछ त्यसले केपीको निर्लज्जता देखाएको छ । उनको इतिहास एकपटक फेरि सम्झाएको छ ।

ओलीको विगत सबै बिर्सेर उनको अडान सही छ भन्नेहरुलाई एकपटक पुन सोच्न बाध्य बनाएको छ । मोदीले लगाएको नाकाबन्दी बिर्सेर उनलाई नागरिक अभिनन्दनको नाटक जरुरी छ ? केन्द्रिय सरकार बोल्नुपर्दैन ? नगरपालिकाको चाबी मोदीलाई दिनुपर्ने कारण के छ ? ओलीको धोती यँहा फुस्केको छ ।

एक पत्रकारले मोदीलाई ओली सरकारको चाकडी देख्दा यस्तो लेखेका छन् , ‘सरकारी होईन, नागरिक अभिनन्दन नै हुनेछ। २-४ सय गाडी मानिस पनि पारीवाट आउने प्रवन्ध मिलाईएको छ ।’

दोस्रो कुरा मोदी धार्मिक तिर्थाटनका लागि मुक्तिनाथ दर्शनमा जाने भएपछि अन्य दर्शनार्थीलाई मुक्तिनाथ जान किन रोक्नुपर्र्यो ? के मोदीलाई भगवानसँग भेटन पनि एकल नै व्यवस्था गर्नुपर्यो ? यो सरासर गलत छ ।

त्यसैगरि ओली सरकारले अरुण तेस्रो जलविद्युत परियोजनामा भारतिय कम्पनीलाई जसरी परियोजना हस्तान्तरण गर्दै छन् त्यो झन सरासर गलत छ । किनभने अरुण तेस्रो बनाउछु भनेर नेपाल पसेको कम्पनी आर्थिक व्यवस्थापन वा फिनान्सियल क्लोजरको व्यवस्था गर्न नसकेर केवल परियोजना ओगटेर बसेको छ भने अब यसको बिदाई गर्ने समय आएको छ । तर, ओली उल्टो काम गर्दैछन् ।

तसर्थ, यो छ्दम राष्ट्रबाद त होईन भन्ने प्रश्न उब्जेको छ । त्यसैगरि सामाजिक संजालमा एक पत्रकारले यस्तो लेखेका छन, ‘राष्ट्रवादको अपार सफलतापछि लम्पसारवादको पुनःप्रदर्शन सुरू भएको छ। अधिकांश आमसञ्चार माध्यम जसोजसो ओली त्यसैत्यसै स्वःहा गरिरहेकाछन् । के यो समृद्दी हो ?’

अहिले मोदी र ओली बिरुद्ध खनिनुका पछाडि नेपालीको स्वाभिमान र सार्वभौमअधिकार बिथोल्न खोज्ने र हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्नेहरुलाई नै अभिनन्दन गर्न खोजेकोमा हो र ओलीले आफुलाई मात्र महान राष्ट्रवादी र अरुलाई लम्पसारवादीको बिल्ला झुन्डयाउदाको परिणाम हो ।

अब प्रश्न उठछ, के मोदीले नेपाल आएर अब भारतले कहिल्यै नाकाबन्दी गर्दैन भन्नलान वा ओलीले सो प्रसगं उठाउने हिम्मत गर्लान ? किनकी नेपाली जनतालाई नाकाबन्दी गरेर बिगतमा मोदीले दुख दिएकै कारण यतिबेला देशव्यापी नागरिकहरु आक्रोशित बनेका छन् र बिगतमा नाकाबन्दी गरेर दुख दिने मोदीको चारैतिर बिरोध भैरहेको छ । अर्को तिर मोदिका कारण नेपालीहरुले बर्षौ देखि सिमा क्षेत्रमा हेपाई भोगी रहेका युवाहरु तिब्र आक्रोश पोखिरहेका छन् । सिमा क्षेत्रमा भारतीय कथित एसएसबी नेपाली नागरिकहरुलाई दिइरहेको दर्दनाक पिडाले गर्दा मोदीप्रति दिक्क बनेका छन् ।

युएईमा रहेका पत्रकार मेघराज सापकोटाले भनेका छन् ‘३ करोड़ नेपाली जनतालाई नाकबन्दी लगाउने मोदी मानबता बिहीन अपराधी हुन् । यिनलाई स्वागत गर्नै हैन कालो झण्डा देखाऔं । नेपाल पत्रकार महासंघ शाखा युएईका सचिव समेत रहेका सापकोटाले सरकारलाई स्वागत गर्ने बाध्यता होला तर ९जनस्तरमा० जनता र कार्यकर्तालाई कुनै बाध्यता छैन, भन्दै कालो झण्डा देखाएर भ्रमणको बिरोध गर्न आग्रह गरेका छन् ।

तसर्थ, मोदीको भ्रमणसँगै ओलीको राष्ट्रियताको धोती खुस्केको हो वा उनी साच्चिकै नाकाबन्दी थियो भनेर मोदीकै सामुन्ने भन्ने हिम्मत गर्छन ? त्यो समय आउन धेरै दिन कुर्न पर्दैन । जय स्वाभिमान ।

प्रतिक्रिया दिनुहोस्