Logo

१० डलरले धेरै सिकायो


म १६ वर्षको उमेरबाट अध्यापन पेशामा लागेको थिए। एसएलसी दिने बितिकै पढाउने थाले Drawing, एउटा मात्र होइन तिनवटा स्कुलमा पढाउथे। पोखरामा फाइन आर्टस् विषय नभएको हुनाले आम संचार विषय लिए। त्यो समयमा धेरै कुराहरु सिके, समाज, मिडिया र आफ्नो सपना।

सपना थियो, एकदिन राम्रो कलाकार बन्ने। स्नातक प्रथम वर्ष पढ्दै थिए अमेरीका एप्लाई गरे, १९२ वटा अन्तर्राष्ट्रिय मेरिट अवर्ड जितेको थिए, जसले भिसा लाग्न सजिलो भयो। किन अमेरीका भन्ने सवाल पनि आएन। खुशी भए आए अमेरीका। पहिलो दिन सेन्ट लुइसमा बसियो। अर्को दिन हिडियो मिसौरी । खाना केहि ल्याएको थिएन।

कलेज स्टोर सबै बन्द थियो अर्कोले चाऊचाऊ ल्याएको रहेछ ५ दिन त्यहि खाईयो। काचो चाऊचाऊ खादा खादा मुखको सबै छाला गयो। अब चाऊचाऊ खाएर हुदैन सोची बाहिर निस्किने सोच्यौ। र त्यहाको स्थानियलाई खाने ठाऊँ सोध्दा म्यागडोनाल्ड २ माइलमा छ भन्यो तर त्यो टाइम त्यहा हिमपात भइरहेको थियो ७/८ इन्चको हिऊ परेको थियो। ६ जनाके हातमा लागाउने पन्जा जम्मा ४ वटा, तर सबैले एउटा हातमा मात्र लाएर गयौ।

१ लिटरको कोकलाई १डलर पर्यो तैपनि हामी जान थाल्यौ। पहिले कोक खान्थौ २ चोटी अनि १ डलर को म्याक चिकेन अनि आउने बेला रिफिल गर्थौ। रिफिल गर्न सितैमा पाउथ्यो। त्यहाँ २/३ दिन गयौ। अनि म्यानेजरले देखेर सबै सोध्यो अनि माया लागेर सितैमा फ्राइज दियो। त्यसपछि कलेज सुरु भयो काम केहि पाइएन। म पेन्टिङ गर्ने भएकोले कलेजले मलाई कलेजको भित्तामा पेन्टिङ गर्न बोलायो। एसएसएन भनेको अमेरिकामा एकदम काम लाग्ने कार्ड हो जुनले काम गर्न पाइन्छ, फोन किन्न पाइन्छ, बैक क्रेडिट लिन पाइन्छ। त्यहि काम पाएको बेला मलाई ६ जना हेल्पर चाहिन्छ भनि ६ जनाको कागजात बनाउन सहयोग गराए।
अनि कलेजमा खाना खानको लागि कार्ड किन्न पर्थो र त्यो कार्डमा जति पैसा हाल्यो त्यति खान पाइन्थ्यो। नेपालबाट थेरै पैसा ल्याएकोले हामीले १० मिल प्लान लियौ जसमा ५ दिनलाई २ छाक खान पुग्थ्यो। त्यो ४र५ दिन खाने बेला नै हामीले पाऊरोटी स्याऊहरु लुकाएर ल्याउथ्यौ र त्यहि मात्र खान पाइन्थ्यो घरमा लग्न पाइन्नथ्यो। अनि स्कुलमा हामी कुन दिन नेपाली दाई दिदि खानपाउने ठाऊमा काम गर्नुहुन्छ खोज्न थाल्यौ ताकी सितैमा खान पाइयोस। १ सेमिस्टर गयो काम पाएन त्यहाँ।

त्यो पुरै सेमिस्टर नेपालबाट कल आउदा काम पैसा भनेर नसोधे हुने जस्तो लाग्थ्यो तर आमाबाऊको मन न हो। त्यो मिठो शब्दमा काम पायो भन्दा नि मन दुख्थ्यो। नेपालमा मान्छेहरु अमेरिकामा ट्वाइलेट सफा गर्ने त हो भन्छन तर मलाई त्यहि काम पनि भगवान म गर्थे जस्तो लाग्थ्यो। अनि काम गर्ने बेला आयो। त्यो समय हो समर जुन बेला विधार्थीहरु काम गर्न विभिन्न शहर जान्छन। हामी लाग्यौ ओसन सिटी किनकी त्यहाँ धेरै पैसा कमाइन्छ भन्ने सुनेको थियौ। गोजीमा ३५० डलर थियो। टिकट काट्यौ ३३० डलरका अनि एयरपोर्टबाट ओसन सिटीको ६० डलर थियो। तिन जनाको २० डलर २० डलर दियौ। गोजीमा १० डलर बाकी। त्यो रात पहिले नै पुग्नु भएको दिदि दाईसंग बस्यौ अनि विहान उठ्ने बितिकै काम खोज्न हिड्यौ। अर्को दिन देखि काम शुरु भयो। अनि काम गरे ४ दिन पछि साऊ आयो, चस्मा सफा गर्ने काम थियो। १० डलर पर्ने चस्मा हातबाट फुस्कियो, फुटेको थिएन मलाई नराम्रो संग मुख छाड्यो। तिमीहरु सस्ताहरुलाई थाहा छैन पैसाको महत्व भन्ने थाल्यो ।


मन साह्रै भारी भयो काममा नआइज भन्यो। पैसा लिन बाकी ५००ं थियो ४ दिनको, दिनमा १७/१७ घण्टा काम गरेको थिए। अर्को दिन पैसा लिन जादा ३०० डलर मात्र दियो जबकी दिनु पर्ने ५०० डलर थियो। त्यो पैसा घर भाडामा दिए पछि बाकी १० डलर भयो। ८ दिन काम पाइन, समुन्द्रको किनार हिड्थे घर पनि ढिलो जान्थे अरुले काम पाइस भन्छन कि भनेर। एकदिन गाह्रो भएको थियो भित्र भित्र रोए पनि बहिर रुन सकिन। घरमा भन्नु पनि कसरी , घरबाट फोन आउँदा आमाले काम पाइस, खाना के खाइस भन्नु भयो १२ बजे ‘मम्मी यहाँ नेपाली रेष्टुरेन्टमा मासुभात खाए भने जबकी खाएको १ टुक्रा पाउरोटी हुन्थ्यो। साथीले खान ल्याउथ्यो तर आफुलाई अफ्टेरो लाग्थ्यो। विहान सबै भन्दा अगाडी जान्थे अनि बेलुका ढिलो। दिउसो खल्तीमा हात हाल्यो १० डलर हुन्थ्यो केहि खान पनि मन नलाग्ने जम्मा १० डलर त छ किन खर्च गर्ने पछि काम लाग्छ भनेर राख्थे।

एकदम दिकदार थिए तर पनि केहि हुन्छ कि भनेर हरेक पसलमा काम छ कि भनेर छिर्थे। अनि १० दिनको दिन हिड्दै थिए एउटा रसियनले बोलायो मेलै त्यहा नाम छोडेर आएको थिए मलाई पेन्टिङ आउछ भनेर। मलाई लाग्छ त्यो दिन मेरो जिवनको सर्वश्रेठ दिन थियो। त्यहि दिन काम गरे आफ्नै क्षेत्रको काम भएर होला काम गर्न पनि मज्जा आयो र पैसा पनि राम्रो नै दियो। अनि साथी भाई संग रमाइलो भयो। अनि फर्किए डलास फेरी यहाँ पनि उस्कै दुख। दुखले कहिले नछोडे पनि मेलै कलालाई छोडिन। हाल मेरो जीवन कलासँग साटेको छु । कलाले मलाई जीवन जिउने कला सिकाएको छ । विहान उठ्ने बितिकै चिसो पानी पिउछु अनि जिम जान्छु। पहिले आफुलाई माया गर्न सकियो भने बल्ल अरुलाई पनि माया गर्न सकिन्छ। त्यसपछि फ्रेस भएर हल्ला ब्रेकफास्ट गर्छु, आफै बनाउछु। अनि दिउसो र बेलुकी ६९८ धेरै जसो पेन्टिङ गर्छु। कहिले काहि रातीको १९२ पनि बज्छ।
स्वस्थ रहन जिम ५ दिन जान्छु र बाँकी २ दिन कुद्छु। चुरोट रक्सीको कुलत छैन, घरमा कसैले खानु हुन्न त्यसैले पनि होला।

समाज भनेको एउटा जालो हो, जुन बनाउन मुख्य भुमिका कलाले खेलेको हुन्छ। समाजमा हाम्रो संस्कृति नै कलाले जोगाएको हुन्छ, हजारौ वर्ष पुरानो मन्दिर,दरबार हेर्नुस सबैमा कला कृति देख्न सक्नुहुन्छ। मलाई लाग्छ चित्रकला र मुर्तिकलाले नै हाम्रो सामाजिक अस्तित्व जोगाएको छ।

विदेशमा छु काम गर्नै पर्छ। अहिले म अनलाइन पेन्टिङ बेच्छु, अर्डरहरु पनि आउँछन्। पहिले भन्दा धेरै सजिलो छ। म आर्ट ग्यालरीहरुको लागि पनि काम गर्छु। आज सम्म ३० भन्दा धेरै चित्रकला प्रदर्हनी गरीसके । सबैमा सकारात्मक कमेन्ट पाएको छु।

विहान ९ वजे उठ्छु अनि जिम जान्छु , फर्केर फ्रेस हुन्छु अनि हल्का पेन्टिङ गर्छु, अनि ३ बजे तिर काममा निस्किन्छु। फर्कदा ११९१२ बज्छ, खाना बनाएर फेरी पेन्टिङ गर्छु। छुट्टीको समयमा बिहान बेलुकी दुबै समय पेन्टिङ गर्छु। साचो कुरा गर्दा मलाई दिउसो कहिले पेन्टिङ गर्न मन लागेन, करले मात्रै गर्छु नत्र विहान र वेलुका एकदम राम्रो लाग्छ। १००० शब्दको निबन्धले भन्दा १ तस्बिरले धेरै अर्थ दिन्छ। तस्बिर आफै बोल्छ। कला नै एउटा माध्यम हो जसले समाज बदल्न मदत गर्दछ। कला नै संवादको माध्यम हो भलाई यो शान्त हुन्छ।
जसले विभिन्न संस्कृति, जात, सम्प्रदायको मानिसहरुलाई भावनात्मक रुपमा एकअर्कालाई बुझ्न मद्दत गर्दछ। कला सामाजिक रुपान्तरणको मियो पनि हो, विश्व जगतमा संस्कृतिको आन्दोलनले उथलपुथल ल्याएको छ, उदाहरणको लागि चीनलाई हेर्नुस।

प्रतिक्रिया दिनुहोस्