Logo

गगन थापालाई सारा नेपालीको तर्फबाट धन्यवाद


संसदको बैठकमा सोमबार सांसद गगन थापाको भाषणले संसदमा नेपाली कांग्रेस प्रतिपक्ष दल छ भन्ने झल्को दिएको त छ नै तर सबैभन्दा महत्वपूर्ण उनले प्रधानमन्त्री केपी ओलीको विगत सारा नेपालीका सामु एकपटक फेरि छर्लगं पारिदिएका छन् ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण जसरी भयो त्यसको व्यापक बिरोध भएपछि नेकपा एमाले पुरै रक्षात्मक र त्यसको बचाउमा रह्यो । तर, नागरिक समाज, केहि स्वतन्त्र पत्रकार, बुद्धिजिवि, राजनीतिज्ञहरुले मोदी भ्रमणको बिरोध भने गरिरहे, गरिरहे । कारण, ओली सरकारले जसरी मोदीको स्वागत जनकपुर देखि काठमाडौं र मुक्तिनाथ मन्दिरमा गर्यो त्यसले सबैलाई लज्जित पारेको छ ।

तसर्थ, सो अवसरलाई गगन थापाले संसदमा दमदार प्रस्तुति दिदैं त्यो रवैयाको विरोध गरें । गगन थापाले भनेका छन, ‘म सम्झन्छु, त्यो रोष्ट्रममा उभिएर विश्वासको मत माग्दै गर्दा गर्जनुभएको प्रधानमन्त्री । अनि मैले हिजो देखे, शब्द खोज्दै गरेको प्रधानमन्त्री, केही लुकाउन, छोप्न खोज्दै गरेको प्रधानमन्त्री । प्रधानमन्त्री गर्जनुभएको त्यो दिन सम्झिएँ मैले ।’

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका ओली सरकार जसरी लम्पसारबादमा ओर्लेर मोदीलाई स्वागत गर्यो त्यो प्रति गगन पनि वाक्क परेको उनकै भाषणबाट स्पष्ट हुन्थ्यो । गगनले सो तर्फ लक्षित गर्दै ओलीलाई महालम्पसारवादी र चाकडी गरेको भनेर व्यंग पनि गर्न भ्याए । भारतीय राष्ट्रपतिको नेपाल भ्रमण ठीक छ तर यो तामझाम हेर्दै गर्दा लम्पसारवादी भन्न मन लागेको छ । सरकारको यो तामझाम हेर्दा मैले महालम्पसारवादी भन्न पाउने कि नपाउने ?’

ओली अघिका दुई प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले पनि मोदीलाई भेटेको र त्यसबेला कसैलाई सिंगडा बेच्न गएको त कसैलाई घुँडा टेक्न गएको भन्ने, तर आफूले गर्दा पूण्य, अरुले गर्दा पाप ?’

‘एमालेका युवाहरुले भारतीय दूतावास अगाडि गएर प्रदर्शन गर्न पाउने तर, आज कसैले आफ्नो पार्टीको कार्यालयमा ब्यानर राख्न नपाउने ? कसैले शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने रु यो कस्तो लम्पसारदवाद हो रु यो कस्तो चाकडी हो ?’

हिजो अरुलाई कुरीकुरी गर्नुभएको थियो । आज नाङ्गै हिड्नु भएको हामीले देखाउनुपरेको छ, भन्दै ओलीको दोहोरो चरित्रको चीरफार पनि गगनले संसदमा गरे ।

एउटा निश्चित तथ्य के हो भने एमालेको खोक्रो राष्ट्रवाद यति छिटो नै प्वाल पर्यो । जति छिटो प्वाल पर्यो त्यति फाइदा भयो देशलाई किनकी नक्कली कुरा धेरै टिक्दैन । ओली र उनका हनुमानहरुले आज बोल्ने गरेको तथाकथित सभ्य भाषा चुनाव ताका बोलेर नबोलेर आफ्नो सक्कली अनुहार लुकाउन सफल भए पनि सधैका लागि भने लुकाउन सक्दैनन् ।

ओलीलाई सुझाव छ कि आफ्नो छुचो र छुद्र बचन बन्द गर्न सारा एमालेजनलाई तालिम देऊ । धेरै बोलेर, चर्को बोलेर, कुतर्क गरेर जित्न भन्दा सौम्य र शान्त बन्न प्रशिक्षण देऊ । नत्र एकदिन एमालेका छुद्र बचनधारीहरुलाई दुनियाँले बेकवुफ भन्नेछ, जसरी सोमबारको संसद बैठकमा तिखो प्रहार गरे गगन थापा र पम्फा भुषालहरुले ।

गगन थापाले संसदमा सोको पनि पर्दा उघारिदिए । तसर्थ, गगन थापाले जे अभिव्यक्ति दिए सोवापत सारा नेपालीले उनको प्रशंसा गरेका छन् । र, सारा नेपालीले थापालाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्