Logo

प्रेमी भएर लोग्नेको अथवा स्वास्नी को ठाउ नाखोजु ?


अनिल पाण्डे/ विज्ञ र बुझ्रुरूकहरु लाई थाहा छ, लैङ्गिकता लिङ्गका आधारमा स्थापित सम्बन्ध हो । लैङ्गिकतालाई छर्लङ्ग बुझ्ने हो भने शक्ति–सम्बन्धलाई बुझ्नु अनिवार्य हुन्छ ।

लैङ्गिक विभेद भन्नासाथ अधिकांश मानिसको दिमागमा महिला अधिकार आउँछ । पीडित महिला र घरेलु हिंसाका शिकार बालिकादेखि वृद्धासम्मका तस्बीर आँखा अगाडि नाच्न थाल्छन् । यदि त्यस्तो हुन्छ भने, जसको दिमागले त्यस्तो दृश्य देख्छ, त्यो एक पक्षीय तस्बीर मात्र हो । लैङ्गिक विभेदको पूर्ण तस्बीर हेर्ने हो भने, लिङ्गका आधारमा पुरुष र यौनिक–लैङ्गिक अल्पसंख्यकमाथि भएका हिंसालाई पनि पहिचान गर्न सक्नुपर्छ ।

लैङ्गिक समानता भनेको पुरुष र महिलालाई बराबरी भाग लाएर अमिलो अचार खान दिनु होइन, बरु जसको जे रुचि र आवश्यकता छ, सोही अनुसार भोजन पस्किनु हो । अवसरमा समानता नहुनु वा लिङ्गका आधारमा कुनै वस्तुको पहुँचबाट कसैलाई वञ्चित गर्नु लैङ्गिक असमानता हो । यौनिकता, पेशागत चाहना, बोल्ने शैली, खास कामप्रतिको रुचि, पहिरन र श्रृंगारप्रतिको आकर्षण पुरुष र महिलालाई मात्र होइन पुरुष–पुरुष र महिला–महिलामा पनि फरक हुन्छ । यो वैयक्तिक विविधता हो जसलाई पूर्णतः प्राकृतिक मानिन्छ । शरीरमा विकास हुने हर्मोनका कारण अनेक बानी–व्यहोरामा भिन्नता हुन्छ । महिला र पुरुषमा यौनआकर्षण प्रारम्भ हुने उमेर एउटै हुँदैन । यस लेखकलाई लाग्छ, १८–२५ को उमेर महिलाका लागि सर्वाधिक यौनचाहनाको अवधि हो भने पुरुष ५० वर्षको हुँदा पनि त्यही उग्रता देखाइरहन्छ । यो लैङ्गिकता होइन, लिङ्ग हो । सचेत मस्तिष्कले नियन्त्रण गर्नु आफ्नो ठाउँमा छ, तर चाहनाको दायराभित्र यी भावना उत्तिकै सक्रिय भइरहन्छन् । जसले आफूलाई नियन्त्रण गर्नसक्तैन ऊ अविवेकी, अशिष्ट र अमानवीय कहलिन्छ ।

लैङ्गिक समानताका नाममा विवाहका लागि कानुनी रुपमा केटा र केटीको उमेर २० वर्ष तोक्नु हास्यास्पद छ । साँच्चिकै भन्नेहो भने, यो प्रावधान पुरुष प्रधान छ । किनभने, केटाको यौन चाहना तीव्र हुने उमेरमा उसले दुलही पाउने तर केटीले भने १६–१८को उमेरदेखि शारीरिक र मानसिक रुपले तयार भएर पनि २० वर्ष नपुगेका कारण यौनतृष्णा मेट्न नपाउने प्रावधान वैज्ञानिक त छैन नै, सकारात्मक विभेदको सिद्धान्तबाट पनि निरपेक्ष छ । यस्तै प्रावधानका कारण केटीहरु विवाह नगरी ‘लिभिङ टुगेदर’ मा बस्न बाध्य छन्– यौन चाहना पूर्तिका लागि । गैरकानुनी यौनसम्बन्ध र यौनिक हिंसामा केटीहरु किन परिरहेका छन् भनेर खोजिपस्ने हो भने यस्तै विभेदकारी कानुनी प्रावधान कारकका रुपमा देखिनेछ । लेखक फेरि दोहोर्याउँछ– केटा र केटीको विवाह गर्ने उमेर समान तोक्नु विभेदकारी छ । केटा र केटीलाई विभेद नगर्ने नाममा उही परिमाणको अमिलो अचार कोच्याउन मिल्दैन । शारीरिक आवश्यकता र रुचिलाई ख्याल नगर्ने नियम माओ त्सेतुङको पालामा चीनमा सबैलाई समान रुपमा बाँडिने लम्बुकोट जस्तै होइन र ? हरेक महिला–पुरुषका लागि घाँटीदेखि घुँडासम्म आउने टाँकैटाकवाला लम्बुकोट याने की लंगकोट ।

लैङ्गिकतामा जब शक्ति–सम्बन्धको कुरा गरिन्छ तब आउँछ श्रीमान्–श्रीमती र प्रेमी–प्रेमिकाबीचको सम्बन्ध । नेपालमा महिलालाई आर्थिक रुपले सबल बनाउनका लागि उनीहरुका नाममा घरजग्गाको लालपुर्जा बनाउने हो भने राज्यले कर छुट दिनेगरेको छ । तर विडम्वना कति ठाउँमा महिलाको नाम त छ तर निर्णायक अधिकार श्रीमान्, ससुरा र छोराकै हातमा छ । पारिवारिक सम्बन्ध तोडेर लालपुर्जाको नाम भजाउन उनीहरु तयार छैनन् । अर्कातिर, लालपुर्जामा नाम भएपछि परिवारसँग किन सम्बन्ध कायम राख्ने भनेर नयाँ यौनिक सम्बन्ध बनाउने महिला पनि छन् । सायद महिला सशक्तिकरणको संक्रमणकालमा छौं हामी, त्यसैले सकारात्मक परिणामका लागि थालिएको अभ्यासमा विकृतिहरु बढेका छन् । अमेरिकामा भने अलि फरक छ, लालपुर्जामा श्रीमान् वा श्रीमती जसको नाम राख्नुस्, राज्यले राजस्व छुट भने दिंदैन र एकाघरमा बसेका श्रीमान्–श्रीमतीमा नाम रहेकै कारणले कुनै एकले एकाधिकार जमाउन पनि पाइन्न । यहाँ पारिवारिक सम्बन्ध तोडिने आधार कम्तीमा कसको नाममा लालपुर्जा छ भन्ने कुरामा निर्भर गर्दैन । पति–पत्नीबीच सम्बन्ध चिसियो र उनीहरु नयाँ प्रेमी–प्रेमिकाको बाहुपाशमा बाँधिन थालेभने पनि घरजग्गामा (बराबरी) आधाआधीको अधिकारबाट वञ्चित हुँदैनन् । यस प्रकारको कानुनी सुरक्षा नेपालमा पनि रहेको देखिन्छ, तर कानुन महिलामुखी र व्यवहार पुरुषमुखी भएको अवस्था छ ।

यस्तै पृष्ठभूमिका प्रेमीहरु जो श्रीमान् बन्ने सोचमा छैनन् वा त्यस अवसरको प्रतीक्षामा छन् उनीहरुले लोग्नेको धाक देखाउन खोजिरहेका हुन्छन् । यस प्रकारको रोब देखाउन खोज्ने पुरुषहरु अमेरिकामा भन्दा नेपालमा बढी हुनुपर्छ भन्ने यस पक्तिकारको अनुमान छ । तर, अमेरिकामा पनि पुरुषत्व देखाउने अभ्यासबाट पुरुष मात्र होइन, महिला पनि पछिपर्दैनन् । पुरुषत्व अर्थात् म्यास्कुलिन चरित्र शक्तिको आडमा विकास हुन्छ । लालपुर्जामा नाम यस्तै एक शक्तिको भरपर्दो स्रोत हो । अमेरिकामा पनि कतिपय श्रीमतीजीहरु अलिकति दुइ चार डलर केहि कमाउन सुरु हुन्छ अनि आफ्नो नाममा घरजग्गा भएको र त्यसमा पनि त्यो सबै ‘पेड–अप’को अवस्थामा रहेको छ भने श्रीमान्को भन्दा बलियो अँगालो प्रेमीको पो छ कि भनेर आँखा डुलाइरहेका देखिन्छन् । आर्थिक स्रोतले भरिपूर्ण श्रीमान्ले पनि श्रीमतीसँग भन्दा प्रेमिकासँग पो बढी आनन्द आउँछ कि भनेर मृगतृष्णा पालिरहेको हुन्छ । तर जब यसरी नयाँ अँगालो खोज्नेहरु ‘म श्रीमान् वा श्रीमती होइन, प्रेमी वा प्रेमिका मात्र हुँ’ भन्ने बिर्सन्छन् र श्रीमान् र श्रीमतीको अधिकार खोज्नथाल्छन् तब छिमेकीको घरसम्म सुनिने गरी झगडा हुनथाल्छ– ‘प्रेमी भएर लोग्नेको फुर्ती गर्ने वा प्रेमिका भएर स्वास्नीको अधिकार खोज्ने !’भन्न सुरु गरेको यहाहरु ले पनि सुन्नु भएको हुनुपर्छ।

यस्तै जटिल अवस्थामा रहेका युवा–युवती, पुरुष–महिला र प्रेमी–प्रेमिकालाई पक्तिकारको सुझाव छ, प्रेमभन्दा ठूलो कर्तव्य हो । एक–आपसमा कर्तव्य पूरा गर्दैजाँदा प्रेम सिर्जना हुन्छ वा प्रेम गर्दैगर्दा कर्तव्य सिर्जना हुन्छ । प्रेम गर्ने तर कर्तव्य पूरा नगर्ने हो भने वास्तवमा उसले प्रेम गरेकै हुन्न, कामवासना मात्र पूरा गरेको हुन्छ कसैले कसैलाई लाई देख्दै मा यक आपस मा आकर्सित हुदैमा म माया गर्छु अथवा म माया मा छु भन्ने जस्ता भान नगर्नु होला। माया प्रेम त्यो हो जुन तिम्रो जवानी अनि बाहिरि रुप को आखा ले खोज्दैमा हुन् सच्चा प्रेम त्यो हो जो यक आपस लाइ भित्री दिल ले खोज्दछ .त्तेसैले ‘तीन घुम्ती’मा विश्वेश्वरप्रसादले उहिल्यै लेखेका छन्, प्रेमविनाको यौनिक सम्बन्ध वेश्यागमन मात्र हो । प्रेमको आवरणभित्र वेश्यागमन भयो भने त्यो भयानक धोका हो । यसको परिणाम सुखदर दिर्ग कालिन हुन सक्तैन ।

त्यसैले प्रेमी भएर लोग्नेको धाक नलगाऔं, आफ्नो सीमामा बसौं । वेश्यागमन नगर्नु राम्रो हो, गर्ने नै हो भने प्रेमि प्रेमीकाले आ-आफ्नो दर्जा सँगको सन्तुष्टि पाउने सपना नदेखौं । प्रेमी भएर प्रेमी  दर्जामा बसु लोग्ने अथवा स्वास्नीको ठाँउ खोजेर धाक नलगाउ त्यसैले,प्रेमी भएर प्रेमी कै ठाउमा बसु .

प्रतिक्रिया दिनुहोस्