Logo

खराब गण्यमान्यले देश नै बर्बाद पारे : रविन्द्र मिश्र


आजको अन्नपुर्ण पोष्ट दैनिकमा लामो आलेख लेखेर पत्रकार हुदैं राजनीतिमा होमिएका रविन्द्र मिश्रले हामी नेपालीको शुसाशनको आचरणमा प्रश्न गरेका छन् । उनले आफ्नो आलेख शुरु गर्दै लेखेका छन : भन्दा असाध्यै नमीठो सुनिएला, तर हरेकपटक जब म काठमाडौंका पाँचतारे होटेलमा उपत्यकाभित्र बस्ने अधिकांश भनेजसो गण्यमान्य अर्थात् ‘हु इज हु’ हरू जम्मा भएको कार्यक्रममा पुग्छु, मलाई लाग्छ, ‘समग्रतामा भन्नुपर्दा यो देश बिगार्नेहरू सबै यही हलमा छौं । हामी यो देशको दुर्दशाका प्रतिनिधि पात्र हौं ।’ मैले सावधानीपूर्वक ‘समग्रतामा’ भन्ने शब्द प्रयोग गरेको छु किनभने त्यो हलमा कैयौं यस्ता व्यक्तित्व पनि हुन्छन्, जसलाई यो देशको शक्ति, सकारात्मकता, सम्भावना र रूपान्तरणका प्रतीक भन्न मिल्छ ।

आफनो लेखमा रविन्द्र लेख्छन् : यो देश गाउँगाउँमा कृषि गरेर जीविकोपार्जन गर्ने ६५ प्रतिशतभन्दा बढी कृषकले बिगारेका होइनन् । त्यसैगरी दिनरात श्रम गरेर जीवन चलाउने श्रमिकहरूले पनि बिगारेका होइनन् । नेपालमा एसएलसी (अहिले एसईई) परीक्षाको झन्डै ८५ वर्षको इतिहासमा सो परीक्षा उत्तीर्ण गर्नेहरूको संख्या ५० लाखको हारहारीमा छ । पछिल्ला केही वर्षमा अनुत्तीर्ण शब्द प्रयोग गरिँदैन तर न्यूनस्तरको नतिजा ल्याउनेहरूको संख्या अत्यन्तै ठूलो छ । ती ५० लाखमध्ये झन्डै २५ लाख रोजगारको सिलसिलामा नेपाल बाहिर रहेको वैदेशिक रोजगार विभागको अनुमान छ ।

उनको लेखका मुख्य अशंहरु,

काठमाडौंको पाँचतारे होटेलमा जम्मा हुने ‘खराब गण्यमान्य’ चाहिँ ती हुन्, जसले यो देश नै बर्बाद पार्ने गरेर खराबी गर्न सक्छन् र कतिपयले गरेका पनि छन् । त्यसैले काठमाडौंका अधिकांश (सबै होइन) गन्यमान्य अर्थात् ‘हु इज हु’ हरू यो देशको दुर्दशाका प्रतिनिधि पात्र हुन् भन्दा फरक पर्दैन । हो, भ्रष्टाचार छ, अब के गर्ने त रु मैले राजनीति सुरु गरेपछि सम्भवतः सबैभन्दा बढी सामना गरेको प्रश्न पनि यही नै हो । सुन्दा भ्रष्टाचार रोक्न साह्रै कठिन छ भने झैं प्रतीत हुन्छ तर सुशासनका लागि प्रतिबद्ध नेतृत्व हुने हो भने नेपालको परिप्रेक्ष्यमा भ्रष्टाचार न्यूनीकरण गर्न सोचेजति कठिन छैन, जसका लागि प्रारम्भमा तीनवटा मूल विषयमा ध्यान दिन जरुरी देखिन्छ;
हाम्रो सम्पत्ति शुद्धीकरण विभाग कम शक्तिशाली छैन । बहालवाला प्रधानमन्त्री या प्रधानन्यायाधीशबाट भएको भ्रष्टाचार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न सक्दैन । तर सम्पत्ति शुद्धीकरण विभागले बहालवाला प्रधानमन्त्री मात्र होइन ।प्रधानन्यायाधीशको सम्पत्तिमाथि पनि छानबिन गर्न सक्छ । मालपोतको खरदारले खाएको तीन सय रुपैयाँको घुसले देश बिग्रिएको होइन । काठमाडौंको पाँचतारे होटेलमा जम्मा हुने ‘खराब गण्यमान्य’ ले यो देश नै बर्बाद पार्ने गरेर खराबी गर्न सक्छन् र कतिपयले गरेका पनि छन् ।

मिश्र विवेकशील साझा पार्टीका संयोजक हुन्।

प्रतिक्रिया दिनुहोस्