Logo

नायिका सञ्चिता लुइटेल कमब्याकको तयारीमा, यस्ताे छ सन्तान माेह


कुनै समय आफ्नो सुन्दरताकै कारण चर्चाको शिखरमा थिइन । नायिका सञ्चिता लुइटेल । उनको फिल्म र अभिनय दुवैले राम्रै चर्चा र तारिफ बटुलेको थियो । सन् १९९९ मा ‘अप्सरा’बाट नेपाली फिल्ममा डेब्यु गरेकी सञ्चिताले ‘आर्शिवाद’, ‘मुनामदन’, ‘विष’, ‘छोडिगए पाप लाग्ला’, ‘दासढुंगा’, ‘पर्खि राख है’, ‘कालापानी’, ‘इन्द्रेणी’, ‘कोही मेरो’, ‘दाग’, ‘बन्दी’लगायतका सिनेमामा अभिनय गरेकी छिन् ।सन् २०१० मा सञ्चिताले सन् २००२ मा ‘पिजडा’बाट डेब्यु गरेका नायक निखिल उप्रेतीसँग विवाह गरिन् । त्यसअघिको पहिलो विवाह भने असफल भएको थियो । निखिलसँग विवाह गरेको एकवर्षपछि सन् २०११ को साउनमा उनले पहिलो सन्तानका रुपमा छोरा जन्माइन । त्यस लगतै उनी अर्को सन्तानकी आमा बनिन् । आफ्ना सन्तानहरु हुर्काउन केही खर्चेपछि उनी पुनः नेपाली सिनेमामा कमब्याकको तयारीमा छिन् । महत्वकांक्षी प्रोजेक्ट मानिएको निर्देशक योगेश घिमिरेको ‘राधा’बाट सञ्चिताको कमब्याक सशक्त हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्