Logo

‘नेपाली श्रमिकका समस्याबारे छलफल’


रोजगारीका क्रममा नेपालीले भोग्नुपरेका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० को मध्यपूर्व क्षेत्रीय भेला संयुक्त अरब इमिरेट्स (युएई) मा शुरु भएको छ । युएइको दुबईस्थित ग्राण्ड एक्सिलर होटलमा आयोजना गरिएको भेलाको आज खानेपानी मन्त्री बीना मगरले उद्घाटन गर्नुभयो ।

भेलामा रोजगारीका क्रममा वा व्यवसाय सञ्चालनका लागि मध्यपूर्वका देशमा नेपालीले भोग्नुपरेका समस्याका बारेमा गहन छलफल हुने एनआरएनएका प्रवक्ता भुषण घिमिरेले बताउनुभयो । भेलाले काम गर्ने क्रममा दुर्घटनामा परी मृत्यु तथा अङ्गभङ्ग, स्वास्थ्य र सुरक्षाका बारेमा चेतनाको कमी, स्थानीय भाषा र कानूनी ज्ञानको कमी तथा सूचनाको अभावमा जेल जीवन बिताउनुपर्ने समस्या न्यूनीकरणका लागि सुझाव पेस गर्ने उहाँले बताउनुभयो ।

रोजगारीका क्रममा मृत्यु तथा अङ्गभङ्ग भएको व्यक्तिका परिवारले पाउने क्षतिपूर्ति तथा आर्थिक सहायतालाई सहज बनाउने विषयमा पनि भेलामा छलफल हुनेछ । विप्रेषण ९रेमिट्यान्स०लाई उत्पादनशील क्षेत्रमा लगानी, विदेशमा सिकेको ज्ञान तथा सीपलाई नेपालको विकासमा उपयोग र वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि गर्ने विषयमा पनि छलफल हुने प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

रोजगारीमा जाने व्यक्तिलाई सीपमूलक तालीम, स्थानीय भाषा, संस्कृति र कानूनका बारेमा अभिमुखीकरण, स्वदेश फर्केका व्यक्तिलाई उद्यममा लाग्न प्रोत्साहन गरी समाजमा पुनःस्थापना र समायोजन गर्ने विषयमा पनि भेलाले निष्कर्ष निकाल्ने उहाँले बताउनुभयो ।

भेलाले विदेशस्थित नेपाली नियोगमार्फत श्रम स्वीकृति प्रदान गर्ने, श्रम सीप बैंकको स्थापना, वैदेशिक रोजगारीमा गएका व्यक्तिका लागि सञ्चय कोषको व्यवस्थाका लागि रोजगारदाता मुलुकसँग पहल गर्न सरकारको ध्यानाकर्षण गराउने बताइएको छ ।

भेलामा नेपालको तर्फबाट खानेपानी मन्त्री मगर, पूर्वश्रममन्त्री रमेश लेखक, श्रम र अन्य सरोकारवाला निकायका प्रतिनिधि तथा कतार, युएई, बहराइन, कुवेत, साउदी अरेबिया र ओमानको राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीको सहभागिता रहेको छ । ‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकार ः ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार’ नारासहित बिहीबारदेखि शुरु भएको भेला शनिबार सम्पन्न हुनेछ ।

नेपालमा भित्रने रेमिट्यान्सको करीब ६० प्रतिशत मध्यपूर्वका देशबाट आउने बताएको छ । एनआएनएले स्थापनाकालदेखि नै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र सम्मानित बनाउन सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्