Logo

पुरानो बुलेटको प्रिमियरमा अनुप र मालाको यस्तो क्रेज ‘भिडियो’


नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ले पथरीमा दर्शकको मन जित्न सफल भएको छ । आगामी चैत्र १ बाट देशब्यापी रुपमा प्रदर्शनमा आउन लागेको सो चलचित्र सोमबार कञ्चन चलचित्र मन्दिर पथरीमा च्यारिटी शोमा दर्शकको मन जित्न सफल भएको हो । ७ सय क्षमता भएको फिल्म हलमा लगभग ५ सय दर्शकले फिल्म हेरेका थिए । औपचारीकरुपमा सुरु भएको फिल्मलाई नगरका प्रमुख दिलिप कुमार राईले रिवन काटेर शो को उद्घाटन गरे ।

सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशन भएको फिल्म ‘पुरानो बुलेट’को लगानीकर्ताहरुले वर्लड प्रिमियर सो हङकङमा गरिसकेको छ । क्रेजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको सो फिल्म गरिब तथा असहाय विद्यार्थीहरुको सहयोगार्थको लागी पथरीमा च्यारिटी शो गरिएको कार्यकारी निर्माता सन्तोष राईले बताए । कथा पटकथा लेखनमा निर्देशक भीषण राई र कार्यकारी निर्माता सन्तोष राईसँग साँझेदारी गरेका छन् । अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बु फिल्म निर्मातामा छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्