नियमीत अन्डा खानुका फाइदाहरु यस्ता छन्, जान्नकालागी भिडियो हेर्नुस्
काठमाण्डौँ- अन्डा खानमा स्वादिष्ट मात्र होइन पोषणका दृष्टिले पनि उपयोगी हुन्छ। विभिन्न प्रकारका रोग लागेका बेला अन्डाले बिरामीलाई फाइदा पुर्याउँछ। अन्डाका यिनै गुणहरुका कारण पोषणविदहरु अन्डा खान सुझाउँछन्। अन्डाको सेतो र पहेँलो दुवै भाग पोषणका दृष्टिले मह्त्वपूर्ण मानिन्छ। अन्डाको सेतो भागमा विभिन्न खनिज पदार्थसँगै भिटामिन बी, डी पर्याप्त मात्रामा पाइन्छ। अन्डाको पहेँलो भागमा चिल्लो पदार्थ मात्र नभएर लेसिथिन, कोलिन र भिटामिन ए, डी, ई, के जस्ता शरीरको वृद्धी र विकासका लागि आवश्यक तत्व पाइन्छन्।
अन्डालाई बिहान वा दिउँसोको खाजाका रूपमा प्रयोग गर्न सकिन्छ। अन्डा बिरामीका लागि जति उपयोगी हुन्छ स्वस्थ मानिसका लागि पनि उत्ति नै लाभदायक हुन्छ। अन्डाले कस्ता-कस्ता रोगमा के फाइदा गर्छ भन्ने कुरा जान्नु आवश्यक हुन्छ। जसले गर्दा तपाईंलाई अन्डाका अझै धेरै गुण थाहा पाउन सहज हुनेछ।
भिडियो हेर्नुस्: