७५ बर्षिय एकल बेसहारा महिलालाई उपचारको लागि “गोर्खा पिस फाउन्डेसन” युकेको यति ठुलो सहयोग
लामो समय देखि समाजसेवामा केन्द्रीत रहेर काम गरिरहेको संस्था “गोर्खा पिस फाउन्डेसन” युकेले झापामा फेरी एउटा सहयोगको काम गरेको छ । झापामा ७५ बर्षिय एकल बेसहारा महिलालाई उपचारको लागि “गोर्खा पिस फाउन्डेसन” युकेले ७५ हजार ७५ रुपैया सहयोग स्वरूप प्रदान गरेको छ ।
समाजसेवी गायक पूर्ण लिम्बुले “गोर्खा पिस फाउन्डेसन” युकेले पठाएको उक्त रकम ७५ बर्षिय एकल बेसहारा महिलालाई उपलब्ध गराएका हुन् । गायक पूर्ण लिम्बु आफै पनि धेरै समाजसेवाको काममा आबद्ध रहेका छन् भने उनले धेरैलाई सहयोग पनि गरिसकेका छन् ।
“गोर्खा पिस फाउन्डेसन” युकेले बिगतको दिनमा नेपालको विभिन्न ठाउँमा दुखि र असहायलाई मदत गर्दै आईरहेको छ । धेरैले यस संस्थाको मार्फत सहयोग प्राप्त गरिसकेको छ ।