Logo

‘जानकरी मुलक भिडियो’ – यौन रोग के हो ? यसबाट कसरी बच्न सकिन्छ ?


यौन सम्पर्कबाट सर्ने रोगलाई यौन रोग भनिन्छ । यदि यौन रोग भएको व्यक्तिसँग असुरक्षित यौन सम्पर्क राख्यो भने यौन रोग लाग्छ । यौन सम्पर्क गर्नेबित्तिकै यो रोग सर्छ भन्नेचाहिँ होइन । तर, कुनै एक जनामा केही इन्फेक्सन छ भने सर्न सक्छ । भाइरस, ब्याक्टेरिया र अरु कारणबाट पनि यौन रोग सर्छ ।

यौन रोग पनि धेरै प्रकारको हुन्छ । कुनै उपचार गर्न सजिलो पनि हुन्छ तर कुनै धेरै गाह्रो हुन्छ । कुनै रोगले जलनमात्र गर्छ भने कुनै यौन रोगले ज्यान समेत लिन्छ ।

यौन रोग शारीरिक, मानसिक दुवै कारणले हुन्छ । एसटीआई (सेक्सुअल्ली ट्रान्समिटेड इन्फेक्सन) मात्र सरुवा हुन्छन् । ब्याक्टेरिया तथा फंगसबाट हुने एसटीआईको उपचार हुन सक्छ । भाइरसबाट हुने प्रायः रोगको उपचार सम्भव हुँदैन ।

जानकारीका लागी पुरा भिडियो हेर्नुस्:

प्रतिक्रिया दिनुहोस्