Logo

बारामा पुगेर तरुण दल अध्यक्ष बस्नेतले गरे यस्तो घोषणा, हावाहुरीबाट ज्यान गुमाउनेको परिवारलाई न्यूनतम रू १० हजार सहयोग दिने


नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्र बारामा राहत वितरणको लागि मकवानपुर ,पर्सा ,चितवनका तरुण नेताहरुसंग नेपाली काँग्रेस पार्टी कार्यालय बारामा छलफल गरेका छन् ।

यस्तै उनले हावाहुरीबाट प्रभावित क्षेत्रमा तरुण दल केन्द्रीय समितिले न्युनतम प्रति परिवार दस हजार र घाइतेलाई निशुल्क उपचारको लागी पहल गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

एक हप्तामा तरुण दलले आर्थिक सहयोग उपलब्ध गराउने र क्षेति भएका ठाउँमा राहत समेत वितरण गर्ने विश्वास समेत अध्यक्ष बस्नेतले ब्यक्त गरेका छन् । उनले बारामै पुगेर पिडित परिवारको अवस्था समेत बुझेका छन् ।

साथै उनले तराईमा यति ठूलो विपद् आएर जनधनको क्षति भएपनि सरकारले राष्ट्रिय शोक घोषणा नगरेकोमा आपत्ति जनाउँदै तत्काल राष्ट्रिय शोक घोषणा गर्न माग गरे । यस्तै उनले पिडित परिवारलाई चिन्ता नगर्न बिन्ति गर्दै तरुण दल हर हमेशा बिपतको बेला नेपाली जनताको साथमा रहने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्