Logo

धरान जान्छु भनेर हिडेकी बुहारी हराएपछि परिवार तनावमा, श्रीमानलाई अब कहिल्यै नफर्कने गरी म्यासेज गरेकै स्थान नदि किनारमा झोला, पैसा र मोबाइल फेला


रिना बस्नेतको हत्यारा पत्ता लगाउन माग गर्दै पथरीमा प्रदर्शन भैरहेको बेला धरानबाट फेरी एक युवती बेपत्ता भएकी छिन् आइतबार बिहान धरान जान्छु भनी घरबाट हिंडेकी केराबारी–५ की २५ वर्षीया युवती रोजिता दाहाल बेपत्ता भएकी हुन् ।बुहारी बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय धनकुटामा सासु–सुसरा पुगेपछि जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले खोजतलासलाई तीब्रता दिएको थियो ।बेपत्ता युवतीले धनकुटाको मूलघाटमा रहेको पुलमुनि आफ्नो झोला, मोबाइल र पैसा समेत तमोर नदीको किनारमा छाडेको म्यासेज श्रीमान्को मोबाइलमा पठाएको र जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोली पुग्दा जुन ठाउँमा भनेको सोही ठाउँमा सामग्री (ब्याग झोला, पैसा र मोबाइल) फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्रबहादुर गुरूङले जानकारी दिए ।

‘सासु–ससुरा नै आएर यहाँ मौखिक जानकारी दिएपछि हामी सबै तीब्रताका साथ खोजतलासमा लाग्यौं’, उनले भने, ‘अहिलेसम्म कहीँकतै फेला पार्न सकिएको छैन ।’उनले भने, ‘अझै खोजतलास जारी छ ।’ उनले जिल्लाका सबै प्रहरी, प्रदेश प्रहरीलगायत सबैतिर परिपत्र पनि गरिसकिएको जानकारी दिए । ‘बिहान धरान बजार जान्छु भनी घरबाट निस्किएको र बेलुकापख छोरालाई म्यासेज पठाएर आफू कहिल्यै नफर्किने गरी गएको ससुरा प्रेम महतले बताएपछि हामीले खोजी गरेका हौं ।’ उनले भने । यो भिडियो हेरी दिनुहोला

प्रतिक्रिया दिनुहोस्