Logo

‘मेराे सरकार’ भनेपछि विवादमा तानिइन् राष्ट्रपति, भिडियोमा हेर्नुहोस कुन नेताले के भने?


राष्ट्रपति विद्यादेवी भण्डारी फेरि एक पटक विवादमा तानिनुभएको छ ।संघीय संसदको दुवै सदनमा संयुक्त रुपमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा राष्ट्रपति भण्डारी विवादमा तानिनुभएको हो । नीति तथा कार्यक्रमभित्र समेटिएको तथ्यांक र अन्य विषयमा भन्दा पनि सम्बोधनका क्रममा पटक पटक ‘मेरो सरकार’ भन्ने शब्दावली प्रयोग गरेपछि राष्ट्रपतिविवादमा पर्नुभएको हो ।

गणतन्त्र स्थापनापछि अहिलेसम्म कसैले पनि ‘मेरो सरकार’ भनेर भनेका थिएनन् । पहिलो पटक राष्ट्रपति बन्नुभएका डा।रामबरण यादवले पनि नेपाल सरकार वा यस सरकार भन्ने गर्नुहुन्थ्यो । यस अघि गएको वर्ष भण्डारी स्वंयमले पनि नेपाल सरकार वा यस सरकार भन्ने गर्नुभएको थियो । तर अहिले भने ‘मेरो सरकार’ भनेर सम्बोधन गर्दा तानाशाही राजतन्त्रका बेलाको झल्को दिएको भन्दै धेरैले सामाजिक सञ्जालमा आक्रोस पोखेका छन् ।

भिडियोमा हेर्नुहोस कुन नेताले के के भने

प्रतिक्रिया दिनुहोस्