Logo

कांग्रेसको राष्ट्रिय जागरण अभियान आजबाट सुरु, अभियानमा १२ भाषाका गीत बजाइने


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आजबाट मुलुकभर एकसाथ ‘हिमाल, पहाड, तराई मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ शुरु हुँदैछ ।सबै जिल्ला, क्षेत्र, गाउँ/नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ । अभियानको प्रथम चरणको कार्यक्रमका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ । काठमाडौँमा केन्द्रीय सभापति शेरबहादुर देउवाले एक समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ ।

तीन चरणमा हुने अभियानको प्रथम चरण आजबाट सुरु भएर जेठ २५ गते समापन हुनेछ । त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) दिन प्रारम्भ भई असोज ७ गते समापन हुने भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) समापन हुने छ ।अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने उद्देश्य लिएको छ । यसैबीच जागरण अभियानको क्रमममा प्रवक्ता विश्वप्रकाश शमाले लेख्नुभएको विभिन्न जातजातिको भाषमा तयार परिएको गीत बजाउने तयारी गरिएको छ । शर्माले लेखेको गीत लिम्बु, राई, नेवारी, मैथिली, भोजपुरीलगायतका १२ भाषाका गीत बजाइने नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्