Logo

देश बचाउन र जनताको अधिकार दिलाउन नेपाल तरुण दलले बलिदान दिन्छ : तरुण दल अध्यक्ष बस्नेत


अहिलेको समय नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका खेलिरहँदा वर्तमान सरकारको कामका विरुद्ध खबरदारी गर्ने काम नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले गरिरहेको छ । हामीले देख्दै पनि आईरहेका छौ कि लामो समय देखि नेपाल तरुण दल वर्तमान सरकारको निर्णय प्रति रुष्ट हुँदै सडक आन्दोलन गर्दै आईरहेको छ । तर अबको समय अवस्था अझ बढी गम्भीर बन्दै गईरहेको छ । यति बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस कम्युनिष्ट वर्तमान सरकार संग धेरै नै रुष्ट छ ।

संसदमा वर्तमान सरकारले देखाएको ताण्डव प्रति अब नेपाली कांग्रेसले राम्रै संग जवाफ दिने तरखर गरिरहेको छ । यहि बीच नेपाली कांग्रेसले देशभर सबै जिल्लामा जागरण अभियान सुरु गरेको छ । त्यसै अन्तर्गत अहिले सबै जिल्लामा यो कार्यक्रमलाई सफल पार्नको लागि निकै कसरत भईरहेको छ । पार्टीलाई सहयोग गर्ने हिसाबले नेपाल तरुण दल अहिले डटेर लागिपरेको छ ।

पार्टीको यस उल्लखनिय काममा नेपाल तरुण दलले पनि आफ्नो हिस्सेदारी जनाएको छ जस अन्तर्गत नेपाल तरुण दल जनताको साथमा हरेकपल तरुण दल हुने भन्दै भ्रष्टाचारको विरुद्धमा आवाज उठाईरहेको छ । यसै बीच मंगलबार नेपाली कांग्रेस काठमाडौँ जिल्लाले आयोजना गरेको जागरण अभियान कार्यक्रममा बोल्दै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले जनताको लागि फेरी एकपटक बलिदान दिने अवस्था आईपरेको भन्दै बलिदानको लागि तयार रहन सबै तरुणहरुलाई आव्हान गरेका छन् ।

वर्तमान कम्युनिष्ट अधिनायकवादी सरकारले सिमा नागेको र जनताको नैसर्गिक अधिकारलाई नै दबाउने काम गरेको भन्दै उनले आक्रोश पोखेका छन् । यस्तै उनले हामीले कम्युनिष्ट सरकार संग माग्ने काम बढी गरेको बताए । यस्तै उनले अब माग्ने होइन जनताको हक अधिकार हामीले नै दिलाउने काम गर्ने बताएका छन् । केपी ओली कम्युनिष्ट सिद्धान्त संग अगाडी बढिरहेको र अब हरेक कुरा दिलाउने तर्फ नेपाली कांग्रेस र तरुण दल लाग्नु पर्ने समेत उनले बताएका छन् ।

यस्तै उनले अहिलेको सरकार काण्डमा मुच्चिदै गएको र देशलाई अनि अन्धकार तर्फ धकेल्ने खेल भईरहेको समेत उनले बताए । वर्तमान कम्यनिष्ट सरकारको मनोमानी अब चल्न नदिने र जनताको लागि ज्यानको आहुति दिन समेत अब नेपाल तरुण दल पछि नहट्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् । यस्तै उनले अब पार्टी भित्र मैले केहि पाईन भन्ने सोच हटाउनु पर्ने र पार्टीको लागि तत्पर भएर मनबाट सोचेर काम गर्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्