Logo

भ्रष्टचारीको नाम पनि भन्दिन्छु भन्दै कड्किए मेयर चौधरी, के हो रहस्य ? ‘भिडियो हेर्नुहोस्’


भ्रष्टचारीको नाम पनि भन्दिन्छु भन्दै कड्किए मेयर चौधरी, के हो रहस्य ? ‘भिडियो हेर्नुहोस्’

इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले पथरी आएर भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सकिने र भ्रष्टहरुलाई जनताले कालोमोसो दलेर बजार घुमाउनुपर्ने अभिव्यक्ति दिएपछि पथरीशनिश्चरे नगरपालिकामा भ्रष्टाचार सम्बन्धी बहस सुरु भएको छ ।

मेयर चौधरीले हरेक स्थानीय तहमा छुट्टिने विकास निर्माण लगायतको बजेटमा ५ देखि १० प्रतिशत कमिशन संस्थागत जस्तो भएको बताएका थिए । उनले अख्तियार अनुसन्धान आयोग र अदालतललेसमेत भ्रष्टहरुलाई तह लगाउन नसकेकोले जनता आफै जाग्नुपर्ने उद्घोष गरेका थिए ।

भ्रष्टाचारमा मुछिएका व्यक्तिहरु त्यही ‘कलो धन’ धरौटी राखेर अदालतबाट छुट्ने गरेकोले जनता नजागी भ्रष्टाचार अन्त्य नहुने बताएका थिए ।

बाकीँ कुरा भिडियोमा हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्