Logo

भष्ट्रचार बिरुद्ध यसरी गर्जिन पथरीशनिश्चरेकी उप- प्रमुख यमुना बिष्ट ‘बास्तोला’ (भिडियो सहित्)


इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले पथरी आएर भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सकिने र भ्रष्टहरुलाई जनताले कालोमोसो दलेर बजार घुमाउनुपर्ने अभिव्यक्ति दिएपछि पथरीशनिश्चरे नगरपालिकामा भ्रष्टाचार सम्बन्धी बहस सुरु भएको छ ।

मेयर चौधरीले हरेक स्थानीय तहमा छुट्टिने विकास निर्माण लगायतको बजेटमा ५ देखि १० प्रतिशत कमिशन संस्थागत जस्तो भएको बताएका थिए । उनले अख्तियार अनुसन्धान आयोग र अदालतललेसमेत भ्रष्टहरुलाई तह लगाउन नसकेकोले जनता आफै जाग्नुपर्ने उद्घोष गरेका थिए । भ्रष्टाचारमा मुछिएका व्यक्तिहरु त्यही ‘कलो धन’ धरौटी राखेर अदालतबाट छुट्ने गरेकोले जनता नजागी भ्रष्टाचार अन्त्य नहुने बताएका थिए ।

हिजो बिहीबार भएको भ्रष्टाचार विरुद्धको जनचेतना कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाको उपमेयर यमुना विष्टले जनताको साथ पाए नगरमा भ्रष्टाचारको अन्त्य गर्ने बताएकी थिइन् । भ्रष्टाचार र कमिशनको विरुद्ध लाग्दा आवश्यक साथ नपाइरहेको गुनासो पोखेकी थिइन् । उपमेयर विष्टले योजनाको कामबाट कमिशन र भ्रष्टाचार भएको रकमबाट भोजभतेर हुने गरेको आसयको मन्तव्य राखेकी थिइन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्