Logo

कोमल वली र प्रज्ञा वली ‘शरद’को नया नेपाली तिज गित “छड्के तिल्हरी” सर्बजनिक


काठमाण्डौँ- हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तीजका भाकाहरु पनि बजारमा दिनानुदिन आइरहेका छन् ।

कलाकारहरु यतिबेला तिजका गित गाउन र गितको म्युजिक भिडियो बनाउन व्यस्त छन । हरेक वर्षको तिजमा जस्तै यसपाली पनि कलाकारहरुले आफ्नै आफ्नै शैलीमा तिज गितहरु बजारमा पस्कि रहेका छन ।

छड्के तिल्हरीको सुटिङ रिपोर्ट:

चर्चित गायिका कोमल वली , प्रज्ञा वली ‘शरद’को स्वरमा “छड्के तिल्हरी” सर्वजनिक भएको छ । “छड्के तिल्हरी” बोलको गीतलाई कोमल वलीको युट्युब च्यानल “कोमल वली” मार्फत सार्वजनिक गरिएको हो, भने उक्त गितलाई चर्चित शर्जक एक नारायण भण्डारीले शब्द र संगित दिएका छन् ।

छड्के तिल्हरी”को गीतमा गायिका कोमल वली , प्रज्ञा वली ‘शरद’को स्वर रहेको छ । पवित्रा आचार्यको निर्देशन तथा नृत्य निर्देशनमा रहेको भिडियोमा कोमल वली , प्रज्ञा वली ‘शरद’ कै अभिनय देख्न सकिन्छ । रामेश्वर कार्कीले छयांकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन । निर्देशक पवित्रा आचार्य नेपाल चलचित्र कलाकार संघको सह- कोषाध्यक्ष पनि हुन् ।

कोमल वली र प्रज्ञा वली ‘शरद’को तिज गित:

प्रतिक्रिया दिनुहोस्