Logo

द आर.जी.टि फिल्म्सको प्रस्तुति रहेको कृष्ण राईको “हिजो आज यो मन किन” को पोस्टर सार्वजनिक


द आर.जी.टि फिल्म्सको प्रस्तुति रहेको “हिजो आज यो मन किन” बोलको गीतको म्युजिक भिडियो पहिलो अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले अमेरिकाबाट यस भिडियोको पोस्टर सार्वजनिक गरेका हुन् । यस गीत र भिडियोका अधिकारिक व्यक्ति भने कृष्ण राई हुन् । उनि गायक, गीतकार तथा संगीतकार पनि हुन् । अमेरिकामा बसेर लामो समय देखि नेपाली गीत संगीत र कला क्षेत्रमा निरन्तर हिसाबले काम गरिरहेका उनि बहुमुखी प्रतिभा भएका व्यक्ति हुन् र यसको पुष्टि उनको कामले गरिसकेको छ ।

गीत लेखन देखि गायन र संगीत भर्न सक्ने खुबी रहेको उनि भित्र भिडियो निर्देशन गर्ने र अभिनय गर्न सक्ने क्षेमता पनि रहेको छ । यस हिसाबले पनि उनि निकै अब्बल साबित हुन्छन । उनले अमेरिकामा नै रहेर धेरै गीत र भिडियो बजारमा सार्वजनिक गरिसकेका छन् । दर्शकहरुले उनको कामको सहि ढंगले मुल्यांकन पनि गरिरहेका छन् । यस्तै अब रिलिजको तयारीमा रहेको यस भिडियोमा अन्जु सुब्बा, कृष्ण राई र आशिष श्रेष्ठको अभिनय रहेको छ ।

भिडियोको छायांकन अमेरिकामा गरिएको हो । अमेरिकाको रमणीय दृश्य कैद गर्दै गीतको भावलाई समेटेर भिडियो तयार गरिएको कृष्ण राईको भनाई रहेको छ । यस्तै गीतमा कृष्ण राईकै शब्द र संगीत रहेको छ भने गोपाल रसाइलीले गीतलाई अरेन्ज गरेका छन् । गीतमा गायक तारा प्रकाश लिम्बुले आफ्नो सुमधुर स्वर भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्