Logo

दर्शकले औधि नै मनपराएको कारण टेकु क्षेत्रीको “एनी प्रोब्लम” युटुब ट्रेन्डीङमा


गीतकार टेकु क्षेत्रीको शब्दमा तयार भएको “एनी प्रोब्लम” बोलको गीत र भिडियो बजारमा सार्वजनिक भईसकेको छ । अहिलेको जल्दो बल्दो डान्स टिम कार्टुन क्रिउले भिडियोमा अभिनय गरेको छ । भिडियो अहिले २५ नं ट्रेन्डीङमा परेको छ । कार्टुन क्रिउका लिडर सरोज अधिकारीको निर्देशन र परिकल्पनामा तयार भएको भिडियोमा आशमा बिश्वोकर्मा र सुबिन चौहानको कोरियोग्राफी रहेको छ । भिडियोमा डान्स संगै निकै सुन्दर कथा पनि बुनिएको छ । गीतको भावलाई भिडियोले बखुबी न्याय गरेको देखिन्छ ।

गीतमा कमल रसाइली र मेलिना राईको स्वर समावेश रहेको छ । यस्तै हरि लम्सालको संगीत रहेको गीतमा उदय राज पौडेलको अरेन्ज रहेको छ । गीत निकै सुन्दर बनेको छ । प्राय कारुणिक र प्रेमभाव खालको गीत लेख्ने टेकु क्षेत्रीले यसपटक भने अहिलेको समाज र युवा पुस्तालाई निश्चित गरेर यो गीत तयार गरेका हुन् । नेपाल भन्दा टाढा परदेशमा बसेर नेपाली सांगीतिक क्षेत्रलाई बिर्सिन नसकी निरन्तर आफ्नो योगदान दिने धेरै व्यक्तिहरु मध्यका एक हुन् टेकु क्षेत्री ।

उनि बिगत लामो समय देखि अमेरिकामा बस्दै आईरहेका छन् भने साथमा नया नया नेपाली गीत सिर्जना गरेर दर्शक श्रोता माझ पेश गर्ने समेत गरिरहेका छन् । उनको धेरै गीतहरु बजारमा आईसकेको छ । उनको “समृद्धि” नामक एल्बम पनि बजारमा आइसकेको छ । गीतकार टेकु क्षेत्रीले भने यस गीतको लागि र आफ्नो एल्बम “समृद्धि” को लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । साथमा उनले दर्शकहरुलाई आफ्नो यो कोसेली ग्रहण गरेर केहि कमजोरी भए औल्याउन र सल्लहा सुझाब दिन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्