Logo

अनमाेल केसीको पारिश्रमिकबारे रमित ढुङ्गानाको यस्तो जवाफ, राजा साहेबबाट कमब्याक गर्दै (हेर्नुहाेस् भिडियाे)


फिल्म ‘राजा साहेब’को निमार्णको घोषणा भएको दिनमा नै शुभ भुहूर्त पनि भएको छ । फिल्ममा अभिनेता रमित ढुङ्गानालाई मुख्य भूमिकामा देखिन पाइने भएको छ ।केही समय अगाडि नेपाली फिल्म जगतमा दर्शकले धेरै रुचाएका ढुङ्गाना पछिल्लो समय गुमनाम भएका हुन् । अब उनलाई यो फिल्ममार्फत फेरि देर्शकहरुले हेर्न पाइने भएको छ । फिल्मलाई राजा बिचल किराँतीले लेखन तथा निर्देशन गरेका छन् ।

फिल्म ‘किराँती फिल्मस्’ र ‘आकाश फिल्मस्’को संयुक्त ब्यानरमा बन्ने भएको हो । फिल्ममा शङ्कर न्यौपाने, आकाश राई र आइशा राई कार्यकारी निर्मातामा रहेका छन् । चन्द्र लामा, ज्याक सुब्बा र भीम कार्की निर्माताको रूपमा रहेका छन् भने फिल्म पवन गौतमले खिच्नेछन्। रमितासँगै धिरेन शाक्यसंगै जयकिशान बस्नेत, उमेश खड्का, प्रज्जवल गिरी, टार्जन लगायत पनि मुख्य भूमिकामा रहने छ । साथमा दुई नव नायिका सोनिका केसी र आइशा राईले डेब्यु गर्दै छन् । फिल्म आगामी तिहारमा प्रदर्शनमा ल्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्