चिता माथि चडेन ला*श, यसो भन्छन् अनिसका श्रिमती र आफन्तहरु ‘भिडियो सहित्’
५ गते आईतबार रातको करिव ११ बजे घरबाट सार्थीहरुले लिएर गएका अनिस कार्कीको ४ दिन पछि मृत अवस्थामा फेला परेका थिए । बुधबार दिनको २ बजे बक्रा र नुनसरी खोलाको बगरमा कार्कीको शव निबस्त्र अवस्थामा फेला परेको थियो । बिबादका कारण पोष्टमाटम गर्न मोरङको मंगलबारे अस्पतालमा राखेको शवको पोष्टमाटम हुन सकेन । डाक्टरले जटिल केश भएको भन्दै पोष्टमाटम गर्न नमाने पछि पुर्ण अस्पतालमा तनाव सृजना भयो । अन्यत्य त ४ दिन पछि आज पोष्टमाटमको लागि धरान स्थित बि पि स्वास्थ बिज्ञान प्रतिस्ठान धरान लगिएको छ ।
१८ बर्षीय कार्की सानै देखि मिक्लाजुङ ९ मधुल्ला चौकमा मामल बस्दैआएका थिए भने फागुनमा बिबाह गरि नजिकै श्रीमतीका साथ डेरा बस्दै आएका थिए । कार्कीलाई साथी संदिप नेपाली र विशाल ऋसिदेवले रातको १० बजे लगेको मृतककी श्रीमती बताउछिन । भोलि पल्ट श्रीमान नआए पछि संदिप नेपालीलाई सोध्दा काठमाडौ गएको भन्दै ढाटेर आफ्नो मोवाई समेत नेपालीले लगेको उनको श्रिमती बताउछीन । शव झट हेर्दा खोलाले बगाएको नभएर कसैले कुटेर मारेको हुन सक्ने मृतकका दाई बताउछन । शरिर भरि निल डाम भएको, टाउकोमा गहिरो चोट र निवस्त्र अवस्थामा खोलामा माछा मार्नेले भेटेको आमाले बताईन ।
भिडियो हेर्नुहोस्: