Logo

प्रधानमन्त्री ओलीको मिर्गौला पुनः फेर्न सकिने


करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे धेरैले प्रश्नसमेत गरिरहेका छन्, ‘प्रधानमन्त्रीलाई कस्तो होला’ प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले भने सिंगापुरमा प्रधानमन्त्रीको नियमित उपचार प्रक्रिया थालिएको र उनको अवस्था सामान्य रहेको जानकारी दिए । डा. शर्माका अनुसार प्रधानमन्त्री ओलीको सिंगापुरस्थित न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू)मा उपचार प्रक्रिया थालिएको छ । एन्टिबडी शरीरबाट हटाउने प्रक्रिया सुरु भएको छ । ‘उहाँको उपचार प्रक्रिया सुरु भइसकेको छ र उहाँ पूर्ण रूपमा खतरामुक्त हुनुहुन्छ,’ शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्