Logo

‘मेरा कारणले यात्रुमाहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी छु’ – पर्यटन मन्त्री भट्टराई


नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई कारण विमान उडानमा ढिलो भएको भन्दै नारा जुलुससहित यात्रुहरूले हातपातको प्रयास गरेका छन् ।बेलुकी ६ बजे २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरका विमान मन्त्री भट्टराई आउन ढिलाइ भएपछि एक घण्टा ढिलो भएको थियो ।

मन्त्री योगेश भट्टराईले ढिलो भएको कारण खुलाउँदै यात्रुहरुसँग माफी मागेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा ढिलाे भएको स्वीकार्दै लेखेका छन् ‍‍….’मेरा कारणले यात्रुमाहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी छु’

जसले गर्दा यात्रु र यात्रुका आफन्त आक्रोशित भएका थिए । मन्त्रीका कारण विमान ७ बजेर ८ मिनेटमा उडेको थियो । उक्त जहाजमा भ्रष्टाचारविरूद्धका अभियान्ता ज्ञानेन्द्र शाहीसमेत रहेका थिए । उनकै शुभचिन्तकले मन्त्री भट्टराईविरुद्ध नाराबाजी गर्दै हातपात प्रयास गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्