‘कबड्डी कबड्डी कबड्डी’ देशभर रिलिज, प्रिमियर शाे हेर्न पुग्याे बर्षा- संजाेक र धुर्मुस-सुन्तीकाे जोडी(भिडियाेसहित)
आजबाट नयाँ नेपाली चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज भएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्र हेर्नका लागि बिहानैदेखि काठमाण्डौ लगायत देशभरका मल्टिप्लेक्स हलमा दर्शक भरिभराउ छन् । लामो समयपछि नेपाली चलचित्रले दर्शकको उच्च साथ पाएको छ । दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, विल्सन विक्रम राई, बिजय बराल लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रको दुई दिने व्यापार आक्रामक हुने निश्चित छ । यसपछि, चलचित्रलाई दर्शकले दिने वर्ड अफ माउथले व्यापारमा भर पर्नेछ ।
‘कबड्डी कबड्डी कबड्डी’को इनिसियल व्यापारले के पुष्टी गर्छ भने, दर्शकले ब्रान्ड बनेका र केही नाम चलेका कलाकारको चलचित्रमा बढी रुची राखेको देखिएको छ । यसअघि, यो खालको क्रेज ‘जात्रै जात्रा’ चलचित्रमा देखिएको थियो ।