Logo

युथ हसनटार क्लबको आयोजनमा नागार्जुन- ७ मा प्रथम मेयर कप फुटबल प्रतियोगिता हुँदै


दशैं तिहारको चहलपहल बढ्दै गर्दा सबैतिर खुशियाली छाएको छ । धेरैलाई थाहा पनि छ कि दशैं तिहारकै बेला पारेर नेपालमा विभिन्न कार्यक्रमहरु हुने गरेको छ । यहि अनुरुप नागार्जुन नगरपालिका- ७ हसनटारमा प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आयोजक भने युथ हसनटार क्लब रहेको छ । युथ हसनटार क्लबका अध्यक्ष विश्वोकर लामाको संयोजकत्वमा प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको हो ।

युथ हसनटार क्लबका अध्यक्ष लामाको अनुसार प्रतियोगिता यहि कार्तिक २ गतेबाट सुरु हुनेछ । प्रतियोगिताका लागि भदौ २१ गते देखि फारम खुल्ला भईसकेको छ भने फारम भर्ने अन्तिम मिति यहि असोज १२ गते सम्म मात्र रहेको छ । आफ्नो वडामा खेलकुदको विकासको निम्ति यो प्रतियोगिताको आयोजना गर्न लागेको अध्यक्ष लामाको भनाई रहेको छ । यस प्रतियोगिताले युवाहरुमा नया उर्जा थप्ने र व्यति विकासमा समेत मदत पुर्याउने उनले विश्वास लिएका छन् ।

विश्वोकर लामा युथ हसनटार क्लबको अध्यक्ष संगसंगै नागार्जुन नगरपालिका वडा नं ७ का निर्वाचित सदस्य संगै नेपाल तरुण दल काठमाडौँका जिल्ला सदस्य समेत रहेका छन् । राजनितिक हिसाबमा उनको पकड बलियो छ भने खेलकुदमा पनि उनि निकै रुची भएका व्यक्ति हुन् । आफ्नो वडाको मेहेनतमा नै तयार भएको ग्राउण्डमा यो प्रतियोगिता हुन गईरहेको उनले जानकारी दिएका छन् । कार्तिक २ गते उक्त प्रतियोगिता हेर्न आउनको लागि उनले सबैलाई निम्तो समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्