परिवार संग तरुण दल अध्यक्ष जित जंग बस्नेतको दशैं, शेरबहादुर देउवाले टिका लाउन पाएनन
आम सर्वसाधारण जस्तै यसपटकको दशैँ नेताहरुले पनि राम्रै हिसाबले मनाएका छन् । नेताहरुको कै कुरा गर्ने हो भने नेपाली कांग्रेसका नेताहरुले यसपटकको दशैँ हर्षको साथ मनाएको देखियो । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले भने यस पटक दशैँको टीका लगाउन पाएनन् ।
पारिवारिक शोकमा रहेका कारण देउवाले यो दशैँमा टीका नलगाएको निजी सहयोगी भानु देउवाले बताए । घरमा भेट्न आउनेलाई शुभेच्छुक र पार्टीका नेता तथा कार्यकर्तालाई सभापति देउवाले शुभकामना र आशीर्वाद भने दिएका थिए ।
यस्तै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले घरपरिवार र इष्टमित्र संग राम्रै हिसाबले मनाए । उनले पहिला आफ्नो आमा बुवाको हातबाट टिका थापेर त्यसपछि आफ्नो घरमा आएका शुभचिन्तकहरुलाई टिका लगाईदिएर आशीर्वाद दिएका थिए । साथै उनले नेपाली कांग्रेसका विभिन्न नेताहरुको हातबाट समेत टिका थापेका थिए ।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद डा.मीनेन्द्र रिजालले यस पटकको दशैँ छोराबुहारीसँग मलेसियामा मनाए । डा.रिजाल पत्नीसहित मलेसिया गएका थिए । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले आफ्ना बुबाआमासँग काठमाडौंमा दशैँको टीका लगाए । आफ्ना शुभेच्छुक र जिल्लाबासीहरुलाई खतिवडाले दशैँको टीका, जमरा र आशीर्वाद दिएका छन् ।