Logo

एकसाथ २ फिल्मको निर्माण घोषणा गर्ने मिलन चाम्सको तयारी, कलाकारको लागि आव्हान


अहिलेको अवस्थामा नेपाली फिल्म क्षेत्रमा औधि नै चर्चामा आएको नाम हो मिलन चाम्स । अहिलेका समयका सर्वाधिक सफल फिल्म निर्देशक एवं निर्माता जसले राष्ट्रिय सम्मान समेत हासिल गरिसकेका छन् । हँसिया, वीर बिक्रम, बोबी, लिलिबिली, वीर बिक्रम २ लगायतका सफल चलचित्र निर्माण गरेर दर्शकहरुको मनमा आफ्नो छुट्टै स्थान बनाउन सफल मिलन चाम्स यति बेला नया फिल्मको तयारीमा जुटेका छन् । बिशेष सुत्रको अनुसार उनि हाल २ वटा फिल्म एकैपटक निर्माण घोषणा गर्ने तयारीमा लागेका छन् ।

नाम नखुलिसकेको उक्त फिल्म निकै ठुलो बजेटमा निर्माण हुन लागेको र यसको छायांकन नेपाल र विदेशमा हुने समेत जानकारी प्राप्त भएको छ । अहिले निर्देशक मिलन चाम्सले कुनै नाम नखुलाई आफ्नो सामाजिक संजालमा नया फिल्मको लागि कलाकार खोजि भन्दै सूचना हालेका छन् । फिल्मको लागि मुख्य नायिका र अरु कलाकारको पनि खोजी भईरहेको मिलन चाम्सको सूचनाले बताउछ ।

वीर बिक्रम २ पछि मिलन चाम्सले केहि समय बिश्राम लिए जस्तो गरे बीचमा उनको कुनै नया फिल्मको खबर आएन । धेरैलाई उनि केहि पछाडी सरेको हो कि भन्ने भान पनि भयो तर उनि अहिले एक्कासी २ वटा फिल्मको घोषणाको कुरा लिएर बाहिर आउदैछन् । उनले अहिले सम्म निर्माण गरेका फिल्मले दर्शकले राम्रो छाप परेको छ । तर अब भन्ने फिल्म भने फरक किसिमको हुने जानकारी समेत प्राप्त भएको छ । यस्तै उनको नया फिल्मको छायांकन ३ महिना पछि लगतै सुरु हुने समेत जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्