Logo

दुर्गेश पछि भिटेन पक्राउ, यस कारण परे भिटेन प्रहरी खोरमा “भिडियो सहित्”


काठमाडौँ- ‘हामी यस्तै त हो नि ब्रो …’ बोलको र्‍याप गीत गाएर चर्चामा आएका ‘भिटेन’ भनिने समिर घिसिङलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।

चर्चामा रहेको उनको गीतमा प्रहरीलाई खिसी गरेको र गाँजा खाने कुरा गरिएको जस्ता सामाजिक मर्यादाविपरीतकोविषयवस्तु रहेको भन्दै उनलाई पक्राउ गरेको महाशाखाले जनाएको छ। महाशाखाका एसएसपी सहकुल थापाले भिटेन पक्राउ परेको र उनीमाथि सार्वजनिक हित विरुद्धको अपराधमा मुद्दा चलाइने तयारी भएको बताए।

यसअघि महाशाखाले अश्लिल शब्द प्रयोग भएका गित गाएको भन्दै गायक दुर्गेश थापालाई पक्राउ गरि सार्वजनिक माफी मगाएर छाडेको थियो।

भिडियो:

प्रतिक्रिया दिनुहोस्