Logo

अष्टको महर्जनको “गुन्जन” मा निताको थुम्का, पोखरामा हुँदैछ धमाधम छायांकन


चर्चित द्वन्द निर्देशक अष्ट महर्जन अब फिल्म निर्देशकको रुपमा अगाडी आउदै छन् । उनिद्वारा निर्देशित चलचित्र “गुन्जन” अहिले छायांकनमा रहेको छ । छायांकनको करिब अन्तिम चरणमा पुगेको चलचित्रको अहिले नेपालको सुन्दर नगरी पोखरामा छायांकन भईरहेको छ । निर्माण पक्षले पोखरामा छायांकन गर्दै गरेको एक गीतको केहि तस्बिरहरु सार्वजनिक गरेको छ । बानीका प्रधानको आवाज र कल्याण सिंहको संगीतमा सजिएको क्लब शैलीको गीत पोखराको म्याट्रिक्स अरिना नामक क्लबमा भईरहेको छ । गीतमा निता ढुंगानाले नृत्य गरेकी छिन् ।

गीतको भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । A.H. इन्टरटेनमेन्टको प्रा.लि अन्तर्गत हिरा कृष्ण शाहीको प्रस्तुति रहेको चलचित्रमा सरोज खनाल, हिउवाला गौतम, सारा शिर्पाली, प्रितम राज सेन्चुरी, कबिर खड्का, रोहन शाही, इबा श्रेष्ठ, सुष्मिता कन्चन लगायतका कलाकारहरुको अभिनय रहेको छ । राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा सुनिता शाहीको लगानी रहेको छ । फिल्ममा बिनोद खड्का र राम श्रेष्ठको मुख्य सहायक निर्देशन रहेको छ ।

निर्देशक अष्ट महर्जनको अनुसार फिल्म प्रेम कथामा आधारित रहेको छ । फिल्मको कथा नेपाली समाजको वरपर नै घुमेको र यसले मनोरंजनको साथै समाजलाई राम्रो संदेश समेत दिने विश्वास उनले व्यक्त गरेका छन् । आफु पनि एक अब्बल कलाकार समेत रहेका उनले द्वन्दको क्षेत्रमा आफ्नो बलियो परिचय बनाए तर अहिले उनले एक्सन भन्दा केहि पर रहेर प्रेम कथानक चलचित्र निर्माण गर्नुले सम्भवत केहि राम्रै उपलब्धि दिन सक्ने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्