Logo

दिपेन्द्र कँडेलले मोदीलाई हिन्दी मै दिए मुटु हल्लने गरी चे’तावनी अब के गर्लान मोदीले ? (हरेक नेपालीले हेर्नै पर्ने भिडियो )


पब्लिक ईनोभेटर ई. दिपेन्द्र कँडेलले लिपुलेक र कालापानीबारे नेपाल सरकारले निकालेको विज्ञप्ती अधुरो र अपुरो भएको भन्दै आलोचना गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कँडेलले नेपाल सरकारले सिमाजस्तो संवेदनशील विषयमा पनि नेपाल सरकार हल्का रुपमा प्रस्तुत भएको गुनासो पोखे । उनले भने,‘नेपाल सरकारले हिजो साँझ निकालेको विज्ञप्ती नेपाली जनतालाई झारा टार्न खोजिएको छ, यो अमान्य हो । भारतले बुझ्नेगरि अंग्रेजीमा विज्ञप्ती निकाल्नुपर्छ ।’

उनले सरकारमात्रै नभएर सरकारी अधिकारी, राजनीतिक दलका नेताहरु, मन्त्री, पूर्वमन्त्री, नागरिक समाजका अगुवा, सिमाविद जोसुकैले पनि यसबारेमा बोल्दा भारत सरकारले बुझ्ने भाषामा बोल्नुपर्ने सुझाए । उनले भने,‘नेपाली जनताको मन जित्नको लागि मात्रै खोक्रो राष्ट्रवादी बन्न आफ्नो फेशबुक र ट्विटरमा लेखेर वा भाषण गरेर हुँदैन् । सिधै भारत सरकारलाई मेन्शन गरेर अंग्रेजीमा बोल्नुपर्छ ।’भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस्