बिराज र आर्यन एकसाथ मिडियामा, एक अर्काको पोल खुल्दा राेक्न सकेनन् हाँसाे (हेर्नुहोस् भिडियो)
नेपालभर रिलिज भएको चलचित्र ‘च च हुई’को विशेष शो हेर्न पुगेका नायक बिराज भट्ट र आर्यन सिग्देलले एक अर्काको तारिफ गर्दै सहकार्य पनि हुनसक्ने बताएका छन् । नयाँ बाँनेश्वरमा रहेको ‘वान सिनेमाज’मा आयोजित शोमा चलचित्र हेर्न नायक विराज भट्ट, सलोन बस्नेत, आमेष भण्डारी, हाँस्य कलाकारद्धय केदार घिमिरे, जितु नेपाल, निर्देशक दीपाश्री निरौला, निर्देशक प्रदिप भट्टराई, निर्माता रविन्द्र सिंह बाँनिया लगायत पुगेका थिए ।
चलचित्र हेरिसकेपछि बिराजले नायक आर्यन सिग्देलको कमेडी अभिनयको चलचित्रकर्मीहरुले तारिफ गरेका छन् । आर्यनले विराजसँगको सहकार्यको बिषयमा भने–‘यो एकदमै सम्भव छ । विराज दाई पनि कमर्सियल चलचित्र खेल्न रुचाउनुहुन्छ । मैले पनि रुचाउँछु ।’ आर्यनले आफूहरु दुबै जना ‘राम्रो मानिस’ भएको समेत सुनाए ।