Logo

३० बर्ष जङ्गलमा बसेका भाईरल पिएचडी बाबालाई के भयो फेरी ? किन गरेत यति धेरै गुनासो मिडियामा, ‘भिडियो हेर्नुहोला’


पिएचडी बाबा भनेर भाइरल बनेका गुल्मी चन्द्रकोटका रोमाकान्त भण्डारीको जीवनशैली वदलिँदै छ । सानैदेखि अध्यनशिल र मेहनती स्वभावका भण्डारी पछि व्यवसायमा असफलताको कारण मानसिक स्थिती गुमाउन पुगेका हुन् । हाल उनको काठमाडौको ग्रिन सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

करिब २ महिना पहिले संचारकर्मी मोहन बस्नेत, भुवन भुषाल तथा कमल खत्री लगायतको टिमले गुल्मीको एक जंजलमा उनलाई फेला पारे । हेर्दा सन्यासी जस्तो देखिने, जिङ्ग्रिङ्ग ठुलो कपाल तथा फाटेका लुगा लगाएका भण्डारीसँग उनीहरुको कुराकानी भयो । यही कुराकानी नै भण्डारीको जीवनमा सुधारको एउटा टर्निङ पोइन्ट बन्न थाल्यो । कुराकानीमा उनले आफुलाई पिएचडी गरेको भन्थे । ज्ञानगुनका कुरा गर्थे । बाटामा भेटिएका कागजहरुलाई पैसा भनेर गोजिमा राखेर हिँड्थे । राम्रोसँग खान लाउन पाएका थिएनन् । भनौँ उनी एक मानसिक रोगी थिए ।

तर अहिले उनको पुरै होलीया परिवर्तन भएको छ । उनले आफ्नो कपाल तथा दार्ही काटेर हेन्सम पिएचडी बाबा बनी सकेका छन् । अंङ्ग्रेजी बाट अन्तर्वाता दिए पछि उनको चर्चा चुलीएको थियो । सोहि अनुरूप यस अन्तर्वातामा उनले सहजै संस्कृत बाट उत्तर दिएका छन् । उनले यहाँ सम्म आउन साथ दिनेहरुको नाम बताउदै पुण्य तिम्सिनाको बारेमा पनि केहि कुरा गरेका छन् ।

बाकीँ कुरा भिडियोमा हेरौँ :

प्रतिक्रिया दिनुहोस्