छल गर्यो मायाले….. पैसा, सम्बन्ध र डिभोर्स (भिडियोसहित)
गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहबीच बुधबार सम्बन्ध विच्छेद भएको छ।काठमाडौँ जिल्ला अदालतमा उनीहरु दुईबीच सम्बन्ध विच्छेद भएको हो। न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरु दुईबीच सम्बन्ध बिच्छेदको मुद्दा टुंग्याएको हो। ढकाल र शाहका एक छोरी छिन्। सम्बन्ध विच्छेदपछि छोरी आमासँगै बस्ने भएकी छन्।