राजीनामा दिएसँगै शिवमाया तुम्बाहाङ्फे – मुलुकबाट राजसँस्था फालिए पनि पितृसत्ता फाल्न सकिएन् (भिडियोसहित)
प्रतिनिधिसभा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएसँगै मुलुकबाट राजसँस्था फालिए पनि पितृसत्ता फाल्न नसकेको बताएकी छन् ।सोमवार प्रतिनिधि सभाको पहिलो बैठक आफैंले सञ्चालन गरी राजीनामा बुझाएकी उनले त्यसलगत्तै पत्रकार सम्मेलन गरेर यस्तो बताएकी हुन् ।
हक्की, स्पष्ट र मन नपरेको कुरालाई प्रस्टसँग प्रस्तुत गर्ने तुम्बाहाङ्फेले आफूले महिला भएर पनि संवैधानिक अंगको नेतृत्व लिन सक्ने दावी प्रस्तुत गरिरहेकी थिइन् ।उनले विगतमा पनि उपसभामुखबाट सभामुख बनेको नजिरलाई नजरअन्दाज नगर्न पार्टी नेतृत्वलाई पटक पटक बताउँदै आएकी थिइन् ।