Logo

वर्षा राउतले माफि मागिसकेकी छिन् तर हामी शतप्रतिशत ठिक छैनौ,संजोगले यस्तो किन भने ? फेरी बर्षा लाई के भयो ? (भिडियो हेर्नुहोस)


नायिका वर्षा राउतले एक अन्र्तवार्ताको क्रममा बोलेको केही वाक्यले ठूलो चर्चा पायो । नायिका राउतको उक्त भनाइले चर्को आलोचना पनि खेप्यो ।नायिका राउतले माफि पनि मागिसकेकी छिन् । यो समयमा उनलाई साथ दिन र सहानुभुती दिनका लागि उनका फ्यान, शुभचिन्तक र आफन्तले हरसंभव कोशिश गरिरहेका छन् । यसैविच, नायिका वर्षा राउत र नायक संजोग कोइरालाले आफूहरु विस्तारै ठिक हुँदै गएको जानकारी दिएका छन् । सामाजिक संजालमा वर्षा र संजोगले सार्वजनिक गरेको सन्देशमा भनिएको छ–‘हामीमाझ विभिन्न माध्यमबाट यो समयमा जोडिन चाहने सबैलाई धन्यवाद ।

तपाइहरुको यही माया नै यो समयका लागि हाम्रो बलियो आधार हो । इमान्दारिताका साथ भन्नुपर्दा, हामी शतप्रतिशत ठिक छैनौ ।’संजोग र वर्षाले अगाडि भनेका छन्–‘यो विवादले हामीलाई असर नगरेको होइन तर पूर्ण रुपमा हामी टुटेको पनि छैनौ । हामी विस्तारै ठिक हुँदैछौ । यो नराम्रो समयमा हामी सुन्दर समयको खोजी गर्दैछौ र पीडामा मल्हम लगाउँदैछौ ।’ भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्