Logo

कोरोनाको कारण संगीतकार वाजिद खानको निधन,यस्तो थियो उनको अन्तिम स्वास्थ्य स्थिति(भिडियो हेर्नुहोस)


बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको आइतबार अबेर राती निधन भएको छ । चर्चित गायक सोनु निगमले उनको मृत्यु ट्वीटरमार्फत् पुष्टि गर्दै लेखे, ‘मेरो भाइ वाजिदले हामीलाई छोडेर गए । संगीतकर्मी सलिम मर्चेन्टले भारतीय सञ्चारमाध्यम पीटिआईलाई भने, ‘उनलाई थुप्रै समस्या थियो । उनको मृगौलामा समस्या थियो र केही समय अघि मृगौला प्रत्यारोपण गरिएको थियो । तर उनलाई केही समय देखि मृगौला संक्रमण देखिएको थियो ।

स्थिती बिग्रिएपछि उनी पछिल्लो चार दिनदेखि भेन्टिलेटरमा थिए । सुरुमा मृगौला संक्रमण देखियो त्यसपछि स्थिती क्रिटिकल भयो । ’इन्टरटेन्मेन्ट जर्नलिस्ट फारिदुन सर्यारले वाजिदको मृत्यु कोभिड–१९ का कारण भएको ट्वीटमार्फत् जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘चर्चित गायक सोनु निगमले चर्चित संगीतकर्मी वाजिद खानको केही बेर अघि निधन भएको जानकारी मलाई दिए । उनी कोभिड–१९ द्वारा संक्रमित थिए ।’भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्