Logo

पिडा लुकाएर मुस्कान छोड्ने हिमनी शाह छोरिहरुसँग टिकटकमा यसरि रमाउदै नाचिन (भिडियो हेर्नुहोस)


एकै रंगको कालो पहिरन । आकर्षक नृत्य । ‘गुराँसको फेदमूनी सम्झनाको छायाँ…’ गीतको टिकटक भिडियोमा तीन जना नाचिरहेका छन् । जसमध्ये एक पूर्व युवराज्ञी हिमानी शाह र अरु दुई उनका छोरीहरु पूर्णिका र कृतिका हुन् । २६ जेठमा हिमानीकी जेठी छोरी पूर्णिकाको टिकटकमा यो दृश्यसहितको छोटो भिडियो अपलोड भएको हो । जसमा हिमानी दुई छोरी पूर्णिका र कृतिकासँगै टिकटक भिडियोमा जोली मुड नाचिरहेकी देखिन्छन् । उक्त भिडियो अपलोड भएको केही घण्टा नबित्दैं सामाजिक सन्जालहरुमा हिट बन्यो ।

‘हिमानीबाट जीवन जीउने कला’ सिक्नुपर्ने भन्दैं कतिले उक्त भिडियो फेसबुकमा वालहरु त कतिले फेसबुक स्टोरीमा सेयर गरे । पूर्णिकाकै टिकटकमा झण्डै २ लाख बढी भ्युज पाएको उक्त भिडियोलाई २३ हजार बढीले लाइक गरेका छन् । भिडियो २ हजार बढीले सेयर भएको छ भने १ हजार बढी कमेन्ट छन् । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्