Logo

नेपाली नायिकाहरु आकर्षक देखिन कस्तो पहिरन लगाउछन,​बिदेशी ब्रान्ड देखी फुटपाथ सम्मको पहिरन लगाउने नायिका को को ?(भिडियो हेर्नुहोस )


पहिरनको मामिलामा नेपाली अभिनेत्रीहरु पनि निकै सजग बन्न थालेका छन् । जस्ता पायो त्यस्तै ड्रेसमा ठाँटिने परम्परा हटेको छ । आकर्षक विभिन्न पहिरनमा सार्वजनिक स्थानमा देखिने नेपालका चल्तीका ६ अभिनेत्रीहरुलाई कस्तो–कस्तो ड्रेस मन पर्छ ? एक रिपोर्ट । बर्षा सिवाकोटी : पछिल्लो समयकी लोकप्रिय अभिनेत्री बर्षा सिवाकोटीलाई क्याजुलर ड्रेस सबैभन्दा धेरै मन पर्छ । ग्रेस नेपाल भन्ने स्थानमा सपिङ गर्न रुचाउने उनलाई पहेँलो रङ आकर्षक लाग्छ ।

प्रियंका कार्की : अभिनेत्री प्रियंका कार्कीलाई सवैभन्दा मन पर्ने ड्रेस ठ्याक्कै यस्तो भन्ने छैन । उनि भन्छिन्, ‘मलाई त सबै किसिमका ड्रेस मन पर्छ । तर, लगाएको ड्रेस सुहाउनुपर्यो ।’ सपिङ गएका बेलामा सुहायो र मन प-र्यो भने जस्ता पहिरन पनि प्याक गर्ने बताइन् । प्रियंकाले व्यक्तीत्व विगार्ने किसिमका ड्रेसवाट सजग रहेको बताउँदै भनिन्, ‘शरिरलाई फिट र आकर्षक देखिए जुन ड्रेस भएपनि हुन्छ ।’ भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्