Logo

सरिता गिरी भारत जानलाग्दा प्रहरिले फिल्मी सैलिमा रोक्यो,सरीता भन्छिन मलाई तनाब दियो (भिडियो हेर्नुहोस)


समाजवादी पार्टीकी सांसद सरिता गिरीले आफूले नेपालको नयाँ नक्सा र सीमाको कुरा उठाउँदा राज्यले गि’रफ्तार गर्न खोजेको आरोप लगाएकी छिन् । उनीसँग भएको कुराकानी जस्ताको त्यस्तैःमेरो बुवा विरामी भएको कारणले उहाँलाई हेर्नका लागि आज म आफ्नो माइती जान लागेको थिएँ । मेरो बुवा ९० वर्षको हुनुहुन्छ । उहाँ साह्रै विरामी हुनुहुन्छ । तर, सिरहाको ठाडी नाकामा प्रहरीले मलाई रोके ।मैले बाटैमा उभिएर वहाँहरुलाई सम्झाउन खोजेँ । मलाई जान दिनुस् भनेर सुरक्षाकर्मीलाई बिन्ती गरेँ । तर मलाई अघि बढ्न दिइएन । मैले गृहमन्त्रालयका दुईजना सहसचिवसँग पनि कुरा गरे ।

उहाँहरुले यो आफ्नो क्षेत्रको कुरा नभएको बताउँदै सिडियोसँग कुरा गर्नुस् भन्नुभयो । मैले सिडियोसँग कुरा गरेँ । मेरो पार्टीका नेता तथा कार्यकर्ताले पनि कुरा गर्नुभयो । तर सिडियोले पनि वास्ता गर्नुभएन । जिल्लाको एसपीसँग पनि कुरा गरेँ । सबैले मेरो आग्रहलाई बेवास्ता गरे । मेरो आमा हुनुहुन्न । म जेठी छोरी हुँ । दुईटा दिदी बहिनी अमेरिका बस्नुहुन्छ । त्यो कुरा पनि उहाँहरुलाई भने । भारतीय दूतावासलाई भनेर उता (भारत) को डिस्ट्रिक अफिसरलाई भनेर उता (भारत) जानलाई कुरा मिलाएको छु भनेर जानकारी पनि गराएँ । तैपनि मलाई जान दिइएन । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्