Logo

जव नेकपाको भब्य बैठकमा कमरेड माधव नेपालले बाँडे ‘कोरोना भगाउने जन्तर (भिडियो हेर्नुस्)


नेकपाका नेता माधव कुमार नेपालले लामो सयम विवादकाबीच स्थगित हुँदै आएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटीको बैठकमा बाँडेको एउटा कार्डका विषयमा अहिले सामाजिक सञ्जालमा निकै टिकाटिप्पणी भइरहेको छ । उनले बाँडेको कार्डलाई भाइरस रिमभिगं कार्ड भनेर उल्लेख गरिएको छ ।बुधवारको बैठकमा नेकपाका वरिष्ठ नेता माधव नेपालले कोरोना रोक्ने भन्दै सहभागी पार्टीका नेताहरुलाई लकेट जस्तै कार्ड बाँडेका थिए । त्यो कार्ड लगाएर बैठक बाहिर निस्केका सांसदलाई पत्रकारले प्रश्न गरे ।

यो के हो भनेर रु सार्वजनिक भएको भिडियोमा भनिएको छ, कोरोना भाइरस सम्बन्धित भनेर वरिष्ठ नेता माधव नेपालले दिनुभएको हो, एक स्थायी कमिटी सदस्यले भनेका छन्, उहीलेका धामीले एउटा जन्तर लगाइदिन्थे, यो लगाइदिएपछि भु त प्रे त लाग्दैन भनेर लगाइदिन्थे । सांसदले यसो भन्दै गर्दा भिडियोमा अर्को आवाज सुनिन्छ, ‘यो कोरोना जन्तरु । स्थायी समिति सदस्यले फेरी भने, माधवकुमार नेपाल कमरेडले हामीलाई बाँड्नु भएको छ । हामीले पनि यो जन्तर लगाएका छौं । भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्