बुढाले छोरी लिएर भागे पछि मेरो बिजोक,गोठालो जादा दुइ जनालाई झाडीमा गाउलेले देखेको भन्दा बिश्वास लागेन (भिडियो हेर्नुहोस)
मानिसहरु कति अविवेकी बन्दै गएका छन् । संस्कार, धर्म मुल्य मान्यता सबै गुम्दै गएको छ । यो एउटा उदाहरण पस्किदा हामीलाई पनि निकै नराम्रो लागेको छ । झापामा एक पुरुषले छोरी नाता पर्ने युवतीलाई भगाएर लगेका छन् ।आफ्नो श्रीमतीको दिदीको छोरीलाई लिएर हिडेका छन् । हरिमाया राई जो चौधरीको छोरी हुन् । उनका श्रीमानले एक साता अघि आफ्नै दिदीको छोरी लिएर हिँडेका छन् । उनले श्रीमान र छोरी हिडेपछि एक साता देखि उनीहरुको खोजी गरिहेकी छन् ।उनलाई पहिले नै छिमेकीले पनि उनीहरुका बारेमा हरिमायालाई नभनेका भने होइनन् । तर आफ्नै छोरीले यस्तो बेइमानी गर्छ होला भन्ने कल्पना पनि गरिनन् ।
उनले त्यो छोरीलाई आफ्नै दुध खुवाएर हुर्काएकी थिइन् । त्यो छोरीको वुवाको निधन भएपछि उनले आफुले नै छोरीलाई पाल्दै आएकी थिइन् । बुवा नभएको छोरी हो, अंकलसंग बुवाको माया साट्दै होली भन्ने आफुले सोचेको बताएकी छन् । उनले छोरी लिएर हिडेका श्रीमानलाई खोजीका लागि प्रहरीमा उजुरी पनि दिएकी छन् । उनले आफ्नै छोरी सरह मानेर श्रीमानसंगै गोठाला पठाउने गर्थिन । उनीहरु गोठालोमा जाँदा काँस घारीमा उनीहरु जिस्किदै गरेको छिमेकीले देखेपछि आएर आफुलाई आएर कुरा लगाए । उनले भनिन्, अरुका कुरा सुनेर आफ्नै छोरीलाई नराम्रो सोच्नु पनि भएन । भिडियो हेर्नुहोस