Logo

पराजुली श्रीमान्लाई चिया खुवाउँछु र धन्यवादसहित सम्मानपूर्वक बिदा गर्छु : वरिष्ठतम् न्यायाधीश दीपकराज


सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले प्रधानन्यायाधीश गोपाल पराजुली उमेरका कारण पदमुक्त भएको र आफू कायममुकायम प्रधानन्यायाधीश भइसकेको प्रतिक्रिया दिएका छन् ।

सर्वाेच्च अदालतका प्रधानन्यायाधीश सम्माननीय गोपाल पराजुली पदमुक्त हुनुभएको छ । त्यसको जानकारी न्यायपरिषद्का सचिवले पत्र लेखेर गराइसक्नु भएको छ । सर्वोच्चको वरिष्ठतम् न्यायाधीशको हैसियतमा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी मलाई आएको छ ।

यो जिम्मेवारी स्विकारेर अब म सर्वोच्च अदालत जान्छु, कार्यभार सम्हाल्छु र पेसी तोक्छु । साढे ५ बजे म अदालतबाट फर्कने क्रममा कर्मचारीले गाडीमै ल्याएर कजलिस्ट दिएका छन् । त्यो म पढ्दै छु । र, अदालत गएर पेसी तोक्छु ।

पराजुली श्रीमान् सर्वोच्च आउनुभयो भने म उहाँलाई पूर्वप्रधानन्यायाधीशको रूपमा स्वागत गर्छु, चिया खुवाउँछु र धन्यवादसहित सम्मानपूर्वक बिदा गर्छु , आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्